टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि पूर्ण सुनुवाइ हुँदै, पेशी शर्मा र माथेमाको इजलासमा
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । उक्त रिट सुनुवाइको लागि न्यायाधीशद्धय विनोश शर्मा र सुष्मालता माथेकाको संयुक्त इजलासमा पेशी तोकिएको छ ।
यसअघि टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको एकल इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।
अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकको स्वनियमन कमजोर रहेको र रियल टाइमका सामग्री हटाउन नसकिने भन्दै प्रतिबन्ध नै लगाउनुपर्ने जिकिरसहितको जवाफ पठाएको छ ।
लिखित जवाफमा मन्त्रालयले टिकटकको अत्यधिक प्रयोगले अनिद्रा, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिनुका साथै बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डोर्याउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरेको दाबी गरेको छ ।
टिकटक प्रतिबन्धको सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट दायर भएका छन् ।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुँइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपानेलगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
