१० जना आइएसका कमाण्डर मारिए
जानकारी केन्द्र
२०७२, पुष, १५
इराक र सिरियामा गरिएको अमेरिकी नेतृत्वको हवाई कारवाहीमा दशजना इश्लामिक स्टेट कमाण्डरहरु मारिएका छन् । तीमध्ये केही गत महिना भएको प्यारिस आक्रमणसँग सम्बद्ध छन् । अमेरिकी सेनाका प्रवक्ताले दिएको जानकारी अनुसार इराक र सिरियामा इस्लामिक आतंकवादी समूह (आइएस) विरुद्ध अमेरिकी सेनाले गरेको हवाई हमलामा आइएसका १० जना कमाण्डर मारिएका हुन् । हमलामा शराफ अल मुदानसमेत मारिएका छन् जो पेरिस हमलामा संलग्न अब्देल अबाउदको सम्पर्कमा थिए । उनी डिसेम्बर २४ मा भएको हमलामा मारिएको अमेरिकी सेनाको दाबी छ । मारिएकामध्येका शराफ अल मुआदनको प्यारिस आक्रमणका मुख्य नाइके अब्दलहमीद अबाउदसँग प्रत्यक्ष सम्बन्ध रहेको बताइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

