कैलाली । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ । शनिबार शाहको करिब ३ तोला (दाबी गरिएको) सुनको ब्रासलेट हराएको हो ।
स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरूले हात तानेर ब्रासलेट खोसेको बताइएको छ । तर, कसले खोस्यो रु भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ ।
ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए । उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन ।
तर, शाहले ब्रासलेट हराएकोमा कुनै दुख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे । पलको प्रस्तुति चलिरहेका बेला उद्घोषकले पनि उनको ब्रासलेट हराएको जानकारी गराएका थिए । प्रहरीले भने ब्रासलेट हराएको विषयमा जानकारी नआएको जनाएको छ ।








