प्रचण्डद्वारा कुनैपनि बेला आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने चेतावनी
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा सरकाबाट फिर्ता बोलाउन सक्ने चेतावनी दिएका छन् ।
पार्टीको तीन नम्बर प्रदेशको दुई दिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गदैं उनले यस्तो चेतावनी दिएका हुन् । दाहालले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिए । तर उनले कहिलेसम्ममा फिर्ता बोलाउने भन्ने बारे खुलाएनन् ।
भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरुका अलोकपि्रय निर्णय र मन्त्रीहरुको कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन् ।
– अन्नपूर्ण पोस्ट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

