Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

तपस्वीको घरबाट १६ देशका मुद्रासहित तीन करोडभन्दा बढी नगद बरामद

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २५
तपस्वीको घरबाट १६ देशका मुद्रासहित तीन करोडभन्दा बढी नगद बरामद

काठमाडौं । लिटिल बुद्ध उपनामले परिचित तपस्वी रामबहादुर बमजनको घरबाट विभिन्न देशका मुन्द्रासहित तीन करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बूढानीलकण्ठस्थित बम्जनको घरमा गरेको खोजतलासपछि तीन करोड ३० लाख रुपैयाँ बरामद गरेको छ। सीआईबीका एक उच्च अधिकारीका अनुसार उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप समेत बरामद गरिएको छ ।

बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठस्थित हात्तिगौडाबाट पक्राउ परेका थिए। ​ बम्जनमाथि आफ्नै अनुयायी तीन युवतीलाई यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोपम सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ।

उनीमाथी आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोप आरोप छ । प्रहरी नियन्त्रणमा रहेका बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी भईरहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स