Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

सन्दीपविरुद्धको मुद्दामा सजाय निर्धारणका लागि वहस जारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २५
सन्दीपविरुद्धको मुद्दामा सजाय निर्धारणका लागि वहस जारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सजाय निर्धारणका लागि वहस जारी रहेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलास बहस भइरहेको हो। सन्दीप विरुद्ध गौशला–२६ (परिवर्तित नाम) ले बलात्कार मुद्दा दायर गरेकी थिईन् । सन्दीप उक्त मुद्दामा दोषी ठहर भइसकेका छन् ।

गौशला–२६ पक्षका कानुन व्यवसायीहरुले उनलाई अधिकतम सजाय हुनुपर्ने जिकिर लिइरहेका छन् भने सन्दीप पक्षका कानुन व्यवसायीहरुले न्युनतम सजाय तोकिनुपर्ने भन्दै वहस गरिरहेका छन् ।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीत अपराध गरेको ठहर भएको थियो । उनलाई सोही ऐनका दफा २१९ (३) (ङ) बमोजिम सजाय निर्धारण हुनेछ । उनलाई ७ वर्षदेखि अधिकतम् १० वर्षसम्म सजाय तोकिने छ ।

Top Changing Nepal

युट्युब सट्स