काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब ९७ रनमा अलआउट भएको छ । मूलपानी क्रिकेट मैदानमा सूर्य तामाङले घातक बलिङलाई निरन्तरता दिएपछि आर्मी २७.१ ओभरमा सस्तैमा अलआउट भएको हो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले ११ रन बनाए । आर्मीका ६ खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
आर्मीलाई सस्तैमा प्याक गर्न सूर्य तामाङले २६ रन खर्चेर ५ विकेट लिए । उनले अघिल्लो खेलमा पनि ह्याट्रिकसहित ६ विकेट लिएका थिए । बागमतीका प्रतिस जिसी र रिजन ढकालले २–२ तथा कृजन गुरुङले १ विकेट लिए।





