६ पटक विश्व च्याम्पियन बनेकी मेरी कोमले लिइन् सन्यास
काठमाडौँ । भारतकी विश्व चर्चित बक्सिङ खेलाडी मेरी कोमले सन्यास घोषणा गरेकी छन्। ६ पटक विश्व च्याम्पियन बनेकी कोमले एक इभेन्टका दौरान बक्सिङ खेलाडीका रूपमा आफूले विश्राम लिएको घोषणा गरेकी हुन् । कोमले पछिल्लो पटक २०२२ मा कमनवेल्थ खेलका दौरान ट्रायलमा आफ्नो अन्तिम खेल खेलेकी थिइन् ।
मेरी कोमले भनिन्, ‘मैले मेरो जीवनमा सबथोक प्राप्त गरेको छु। मलाई अझै पनि प्रतियोगितामा भाग लिने भोक बाँकी छ, तर अन्तर्राष्ट्रिय बक्सिङ महासंघले यस्तो गर्न अनुमति दिँदैन । पुरुष तथा महिला बक्सरलाई ४० वर्षको उमेरसम्म मात्र प्रतिस्पर्धाको मौका दिने भएकाले अब मैले चाहेर पनि ठुला प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँदिनँ ।’
मेरी कोम ४१ वर्षकी भएकी छन्। उनले २०१२ को लन्डन ओलम्पिकमा भारतलाई काश्य पदक दिलाएकी थिइन। साथै उनी ६ पटक विश्व बक्सिङ च्याम्पियनसमेत बनेकी थिइन् । उनी यो उपलब्धि हासिल गर्ने एक्लो महिला खेलाडीसमेत हुन् ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

