यू-१९ विश्वकप : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्ने भएको छ । नेपालले सुपर सिक्सको पहिलो खेल माघ १७ गते बुधबार बंगलादेशसँग खेल्नेछ। दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नैछ। यो खेल माघ १९ गते शुक्रबार हुनेछ।
नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो। समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।
समूह चरणपछि सुपर सिक्स भनिए नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्मा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्।
दुई सुपर सिक्सका शीर्ष दुईदुई टिम विश्वकपको सेमिफाइनल प्रवेश गर्नेछन्। सुपर सिक्समा समूह चरणको अंक तालिकासमेत गणना हुने प्रावधान छ।
अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू-१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक-एक पटक उपाधि जितेका छन्।
यू-१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। अहिले टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्स प्रवेश गर्नु नेपालका लागि उपलब्धि मानिएको छ।
नेपालले गत वर्षको फागुनमा भएको यू-१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै यू-१९ विश्वकपमा स्थान बनाएको थियो।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
