खुट्टाको औंला भाँचिएपनि बलिङ गर्न मैदानमा आएर जिताए, को हुन् शमर जोसेफ ?
एजेन्सी । शमर जोसेफले अस्ट्रेलियाविरुद्धको गाब्बामा सम्पन्न दोस्रो टेस्टमा ७ विकेट लिएर हलचल मच्चाएका छन् । शमरले आफ्नो बलिङबाट यस्तो उपलब्धि हासिल गरे कि सम्पूर्ण क्रिकेट जगतले प्रशंसा गरिरहेको छ ।
भारतका पूर्व लिजेण्ड सचिन तेन्दुलकरले पनि शमरको प्रशंसा गर्दै उनलाई वेस्ट इन्डिजको ऐतिहासिक जितको महत्वपूर्ण नायक भनेका छन् । शमर ब्याटिङका क्रममा घाइते भएका थिए । अस्ट्रेलियाको इनिङ्समा उनी बलिङ गर्न नसक्ने देखिन्थ्यो ।
तर, उनले साहस देखाए र बलिङ गर्न आए । उनले आफ्नो बलिङले पुरै खेल बदलिदिए । जोसेफले ७ विकेट लिए र अस्ट्रेलिया पराजित भयो । २७ वर्षपछि वेस्ट इन्डिजको टोली अस्ट्रेलियाको माटोमा टेष्ट खेल जित्न सफल भएको थियो भने २४ वर्षपछि अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले जित हात पारेको थियो ।
शमर जोसेफ सुरक्षा गार्डको रूपमा काम गर्थे
३ वर्षअघिसम्म जोसेफले आफ्नो परिवारलाई खुवाउन सुरक्षा गार्डको काम पनि गरेका थिए । आज शामरले आफ्नो बलिङले विश्व क्रिकेटमा हलचल मच्चाए पनि उनको जीवन संघर्षले भरिएको छ ।
यति मात्र होइन, उनले बलिङ अभ्यासका लागि बल समेत उपलब्ध नभएको समय पनि देखेका छन् । शमरले फलफूल र प्लाष्टिकका बोतल पगालेर गोला बनाएर खेल्ने गर्दथे । पछि शमरले टेनिस बलले क्रिकेट खेल्न थाले । उनको बलिङमा सही लम्बाई र गति थियो जसका कारण उनले प्रथम श्रेणी क्रिकेट खेल्ने अवसर पाए ।
गुयानाका लागि खेल्दा, शमरले आफ्नो बलिङबाट धेरै हेडलाइन बनाए, जसले उनलाई फाइदा पुर्यायो । सन् २०२३ मा, शमार पहिलो पटक क्यारेबियन प्रिमियर लिगमा सामेल भए र त्यसपछि त्यहाँ आफ्नो बलिङबाट आफ्नो नाम कमाउन सफल भए । उनले सीपीएल २०२३ मा गुयाना अमेजन वारियर्सबाट खेलेका थिए ।
सम्बन्धित समाचार
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
जेन्जी आन्दोलनको सम्मानमा भदौ २३ गते देशभर बिदा दिने सरकारको निर्णय
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

