• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ बैशाख २०८३, बिहीबार
१७ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ६ घण्टा 

आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम
  • ७ घण्टा 

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
  • १९ घण्टा 

Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show
  • १९ घण्टा 

सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ
  • २० घण्टा 

२०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
  • २१ घण्टा 

चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर : ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट
  • २४ घण्टा 

आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

  • ९. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • १०. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

पुसभन्दा माघमा किन बढी जाडो ?

जानकारी केन्द्र २०८०, माघ, १६

काठमाडौं । २०६५ सालमा बसेको मन्त्रिपरिषद् बैठकले २०६६ सालमा एक वर्षका लागि चैत महिना हटाउने निर्णय गर्‍यो, जसअनुसार २०६६ को पात्रोमा एक महिना हटाएर तयार गर्न सरकारले पञ्चांग निर्णायक समितिलाई निर्देशन ग¥यो ।

त्यति बेला पञ्चांग निर्णायक समितिको अध्यक्षमा डा. माधव भट्टराई थिए । सरकारको यो निर्णयको निकै बहस र छलफल भयो । यो निर्णय हिन्दु धर्म, संस्कृति र परम्पराविरुद्ध भन्दै अधिकांश ज्योतिषले विरोध गरे ।

ज्योतिषहरूको विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो । यतिबेला भने यो विषय सेलाउँदै गएको छ । तर प्रकृतिको समयचक्रमा भने केही नियम हरेक वर्ष केही दिन पर सर्दै गएको देखिएको छ । यो वर्ष चिसो पोहोर सालको तुलनामा २०/२१ दिन पर सरेको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार गत वर्ष सबैभन्दा बढी चिसो दिन जनवरी ७ (२ दशमलव ५ डिग्री) थियो तर यस वर्ष सबैभन्दा चिसो अहिलेसम्मको रेकर्डमा जनवरी २८ लाई मापन गरिएको छ ।

जनवरी २८ मा यस वर्ष चिसो २ दशमलव १ डिग्री पुगेको थियो । यो भनेको आइतबार हो । पोहोरको तुलनामा यस वर्ष चिसो पर सर्नुमा वायुमण्डल र विश्वको मौसम प्रणालीले प्रभाव पारेको उनको भनाइ छ ।

विज्ञहरू भन्छन्, ‘अहिले हामी वास्तविक समयभन्दा २३ देखि २४ दिन अगाडि छौं । सायन पद्धति (सूर्यलाई आधार मान्दा) लाई मान्ने हो भने यो वर्ष सूर्य २३ दिनअगाडि नै अर्को राशिमा प्रवेश गरिसकेको छ । त्यसैले यस वर्ष नयाँ वर्ष मनाउँदा २३ दिन कटाएर मनाउने हो भने सायन पद्धतिबाट एक वर्ष पूरा हुनेछ ।’

यस पद्धतिअनुसार हरेक ७२ वर्षमा एक दिन बढी हुन्छ । विक्रम संवत् सुरु भएदेखि अहिलेसम्मको हिसाब गर्दा हामी २३ देखि २४ दिन पर गइसकेका छौं । त्यसैले २३ देखि २४ दिन हटाउनुपर्छ भन्ने विज्ञहरूको भनाइ हो । इस्वी संवत् सम्बद्ध पात्रो तयार गर्नेहरूले हरेक ४ वर्षमा फेब्रुअरी महिनामा एक दिन बढाउने गर्छन् । यसलाई लिप एयर भन्ने गरिएको छ ।

प्राध्यापक तथा ज्योतिष आमोद आचार्य भन्छन्, ‘हामीले ३ सय ६५ दिनलाई वर्ष दिन मान्ने गर्छौं । तर त्यो यथार्थ होइन । एक वर्ष भनेको ३ सय ६५ दिन र ५ घण्टा ४८ मिनेट हो । त्यसैले ५ घण्टा ४८ मिनेटलाई मिलान गर्न हरेक ४ वर्षमा फेबु्रअरी महिनामा एक दिन बढी मान्ने गरिएको छ । यसलाई लिप इयर भन्ने गरिएको छ ।’

उनका अनुसार अरू वर्ष फेब्रुअरी महिनामा २८ तारिखसम्म हुन्छ । तर लिप इयरमा २९ तारेख हुन्छ । ४ ले भाग जाने वर्षलाई लिप इयर भन्ने गरिएको छ । त्यसैले यस वर्ष (सन् २०२४) फेबु्रवरी महिनामा २९ तारेख राखिएको छ ।

इस्वी संवतनुसार पात्रो तयार गर्दा सूर्यलाई मात्र आधार मान्ने गरिएकाले हरेक ४ वर्षमा एक दिन बढी राख्ने गरिएको उनको भनाइ छ । उनले भने, ‘तर हामी वि.सं. अनुसार पात्रो तयार गर्छौं । त्यसैले हामी लिप इयर मान्दैनौँ । हामीले सूर्य र चन्द्रमा दुवैलाई आधार मान्छौं । उनीहरूका चाडपर्व तारेखअनुसार हुने गर्छन् । तर हामीले तिथिअनुसार चाडपर्व मनाउने गर्छौं ।’

नेपालका अधिकांश ज्योतिषीहरूको भनाइ यस्तै छ । उनीहरूका अनुसार हामीले सायन पद्धति नभई निरयण पद्धति मान्ने भएकाले निरयण पद्धतिअनुसार अहिले हामी ठिक ठाउँमा छौं । त्यसैले २३ दिन कटाउन आवश्यक छैन । उनीहरूका अनुसार निरयण पद्धति भनेको सूर्यको गतिलाई भन्दा एक वर्षमा पूरै दिन (३ सय ६५ दिन नै) हुन दिन आवश्यक छ ।

‘हामी हजारौं वर्षदेखि यही पात्रोमा चलेका छौँ । हाम्रा पूर्वज तथा विद्धान्हरूले निरयण पद्धतिलाई आधार मानेर पात्रो तयार गरेका हुन्,’ पंचाग निर्णायक समितिका पूर्वअध्यक्ष डा. माधव भट्टराई भन्छन्, ‘त्यसैले २३ दिन हटाउने कुरा हिन्दु धर्म मास्ने कुरा हो । यो हुनै सक्दैन। अहिले हामी सही ठाउँमा छौं ।’

उनका अनुसार भारतमा पनि नेपालमा झैं एक सालमा २४ दिन हटाउने प्रयास गरिएको थियो । यसका लागि एउटा आयोग समेत बनेको थियो तर भारतमा यसको विरोध भएपछि भारत सरकार आफ्नो निर्णयबाट पछि हट्यो । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम
आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव

ताजा

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.