१९ वर्षमुनिको विश्वकप : बंगलादेशसँग पराजित, भोली भारतको सामना गर्दै नेपाल
काठमाण्डौं । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि अरिफुल इस्लामले अविजित ५९ र जिशान आलमले ५५ रन बनाए ।
नेपालका लागि सुवास भण्डारीले ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिए पनि जितको लागि पर्याप्त हुन सकेन । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४९ ओभर ५ बलमा १ सय ६९ रनमा अलआउट भएको थियो ।
नेपालका लागि विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रनको योगदान गरे। सुवास भण्डारी १८ रनमा अविजित रहे। अर्जुन कुमालले १४ रन जोडे । अरु ७ खेलाडीले दोहोरो अङ्क लिन सकेनन् ।
बंगलादेशी बलरले नेपाललाई ३१ रन अतिरिक्त दिएका थिए । बंगलादेशका लागि रोहानत दौल्लाह बोर्सनले ४ र शेख पभिज जिबोनले ३ विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

