Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्, भन्छिन्- ‘सांगीतिक यात्रा भर्खर सुरु भयो’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २२
मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्, भन्छिन्- ‘सांगीतिक यात्रा भर्खर सुरु भयो’

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन्। ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ,’ पौडेलले लेखेकी छन् ।

मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् । आइडलमा रहँदा उनले ‘सलार’मार्फत् भारतीय फिल्म गायनमा डेब्यू गरेकी थिइन् ।

चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत् अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन्।

Top Changing Nepal

युट्युब सट्स