Jankari Kendra
१६ कार्तिक २०८३, आईतवार

साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २३
साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

काठमाडौँ । साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लिगको अन्तिम खेलमा भारतको सामना गर्दैछ । खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

यसअघि भएको दोस्रो खेलमा भुटान विरुद्द नेपाल १-० गोल अन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ। २ खेल खेलेको नेपालको मात्र ३ अंक छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन् । सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Top Changing Nepal

युट्युब सट्स