राजीनामा फिर्ता लिएका डीआईजी अर्जुन चन्दको सरुवा
काठमाडौं । नेपाल प्रहरीका डीआईजी अर्जुन चन्दको सरुवा भएको छ। त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख रहेका चन्दको प्रदेश समन्वय विभागमा सरुवा भएको हो ।
माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु (एक्स–रे) गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा खटिएका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग लात्तामुक्का भएको थियो ।
सोही विषयलाई लिएर असन्तुष्ट रहेका चन्दले पदबाट राजीनामा दिएका थिए । तर, प्रहरी प्रधान कार्यालय नक्सालले रीत नपुगेको भन्दै तामेलीमा राखेको थियो । पछि प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवरले सम्झाएपछि उनले राजीनामा फिर्ता लिएका थिए । राजीनामा फिर्ता लिएका रिजाल १० दिनका लागि बिदामा बसेका थिए ।
त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो। डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी भने त्यतिबेला पनि साइबर ब्यूरो मै थियो। अहिले पनि दरबन्दी साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
