• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

क्यानडासँगको सिरिजबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरेका सूर्य, रिजन, हेमन्त र आकाशको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको नेपाल र क्यानडाबीचको सिरिज नेपालले क्लिन स्विप गरेको छ । क्यानडालाई ७ रन,४ विकेट र ९ विकेटले हराउँदै तीन खेलको श्रृंखला नेपालले कब्जा जमाएको हो ।

पहिलो खेलमा क्यानडाविरुद्ध अन्तिम समयमा कप्तान रोहित पौडेलले खेलमा उलटफेर ल्याएपछि ७ रनको रोमाञ्चक जित नेकालेको नेपालले दोस्रो खेलमा ४ विकेटकबो सहज जित निकालेको थियो । आजको अन्तिम खेलमा भने नेपालले कीर्तिमानी साझेदारी र शतकसँगै शानदार जित निकालेको छ ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्‍याए ।

अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।

क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए।

अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।

नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं र भीम आठौं खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । नेपालका लागि यसअघि रोहित पौडेल, पारस खड्का , कुशल भुर्तेल , आसिफ शेख , कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए।

क्यानडासँगको सिरिजबाट नेपालका ४ जना युवाहरुले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । यस सिरिजबाट नेपालका सूर्य तामाङ, रिजन ढकाल, हेमन्त धामी र आकाश चन्दले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका हुन् । आकाश र हेमन्त यू १९ टोलीका सदस्य हुन भने सूर्य र रिजनले भर्खरै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशबाट शानदार प्रदर्शन गरेका थिए ।

सूर्य र रिजनले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यू गरेका थिए । आकाशले दोस्रो म्याचमा डेब्यू गर्दा हेमन्तले तेस्रो खेलमा राष्ट्रिय टिमबाट डेब्यूको अवसर पाए ।

सूर्य तामाङ

प्रधानमन्त्री कपमका बागमती प्रदेशबाट खेलेका सूर्यले कीर्तिमानी ३० विकेट लिँदै टिमलाई शीर्ष ४ मा पुर्याएका थिए । उनले क्यानडाविरुद्धको सिरिजको पहिलो म्याचमै डेब्यूको अवसर पाएका सूर्यले पहिलो म्याचमाा ५ अ‍ोभर बलिङ गर्दा ३२ रन दिएका थिए । उनले विकेट लिन भने सकेनन् । यता ब्याटिङतर्फ पनि उनले नटआउट रहँदै १० रन जोडेका थिए भने दोस्रो म्याचमा १० अ‍ोभर बलिङ गर्दा १ मेडर राख्दै ४६ रन दिएर १ विकेट लिएका थिए । उनी आजको खेलमा भने बेञ्चमा थिए ।

रिजन ढकाल

प्रधानमन्त्री कपमा बागमती बाटै खेलेमा रिजन ढकालले पनि पीएम कपमा १५ विकेट लिँदै राष्ट्रिय टिमका लागि आशा जगाएका थिए । क्यानडा सिरिजमा पहिलो खेलमकै डेब्यू गरेका रिजनले ७ ओभर बलिङ गरेर ३४ रन दिँदै १ विकेट लिएका थिए । ब्याटिङतर्फ उनी ४ रनमा आउट भएका थिए । दोस्रो खेलमा ७ ओभर बलिङ गरेका रिजनले ४१ रन दिएका थिए । विकेट लिन नसकेपनि उनले किफायती बलिङ गरे । उक्त खेलमा उनले ब्याटिङ गर्नु परेन । रिजन आजको खेलमा भने प्लेइङ ११ मा थिएनन् ।

आकाश चन्द

यू-१९ टिमका सदस्य रहेका आकाश चन्दले अफगानिस्तानविरुद्धको खेलमा शानदार बलिङ गरेर ५ विकेट लिएपछि नेपाल सुपर सिक्समा पुगेको थियो । नेपाललाई सुपर सिक्समा पुर्याएका आकाशले क्यानडाविरुद्धको दोस्रो खेलमा डेब्यू गरेका हुन् । दोस्रो खेलमा ५ ओभर बलिङ गरेर ३१ रन दिँदै १ विकेट लिएका आकाशले ब्याटिङ गर्न भेन पाएन् । त्यस्तै अन्तिम खेलमा आज उनले ८ ओभरमा ५१ रन दिएर १ विकेट लिए ।

हेमन्त धामी

यू-१९ टिमकै अर्का सदस्य हेमन्त धामीले क्यानडाविरुद्धको अन्तिम खेलमा डेक्यू गरेका हुन् । डेब्यू खेलमा हेमन्तले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । डेब्यू खेलमै ३ विकेट लिएपछि कनडा २३२ रनमा समेटिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.