• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • ९ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • ९ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १३ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १३ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १४ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १४ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १५ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

खगेन्द्र नवजीवन केन्द्रको बेथिति ” पीडित भन्छन्- ‘मृत्यु पर्खिरहेका छौँ’

जानकारी केन्द्र २०८०, फाल्गुन, १

काठमाडौं । भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसकेका छन् । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्‍यायो तर अपाङ्गता बनाएर फर्कायो ।

मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उनलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शैयामा गहभरि आँसु पार्दै भने, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।” उनको ढाडमा गहिरो चोट छ । त्यसैको उपचारका लागि उनी सुषमा कोइराला अस्पतालमा गत पुस २६ गते भर्ना भएका हुन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको आश्रयमा २०७० देखि बसिरहेका सेजुवाललाई अहिले उपचारका लागि आर्थिक अभाव हुने हो कि भन्ने चिन्ताले पिरोलेको छ । राज्यले प्रत्येक वर्ष बजेट दिने, अपाङ्गता, अशक्तदेखि दृष्टिविहीनसम्मको आश्रय रेखदेखका लागि खुलेको सङ्घमा राम्रै होला भन्ने उनलाई लागेको थियो ।

तर, उपचारका लागि सङ्घका पदाधिकारीले देखाएको अनुदार शैलीले उनलाई आहत पुगेको छ । एक महिनाभन्दा बढी अस्पताल बसाइमा उनका दुई लाख रुपियाँ खर्च भइसकेको छ । अपाङ्ग सङ्घका अध्यक्ष साम्देन लामाले उपचार खर्चको आधा रकम मात्रै सङ्घले बेहोर्ने बताएपछि उनको चिन्ता बढेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सङ्घमा अपाङ्गता भएका व्यक्तिको अवस्था हेरेर नै सरकारी कोटामा त्यहाँ बस्न पठाउने गरेको छ । सेजुवाल पनि सरकारी कोटामै परेर १० वर्षयता बसिरहेका छन्, तर अपाङ्गता भएका व्यक्तिलाई आउने बजेट र गर्नुपर्ने स्वास्थ्योपचार पनि आफूहरूले नपाएको उनको गुनासो छ ।

गत कात्तिकदेखि उपचाररत २८ वर्षीय चेतकुमारी तामाङको अवस्था पनि उस्तै छ । अस्पताल प्रशासनका अनुसार उनको शल्यक्रियासहित उपचारमा आठ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ तर अपाङ्ग सङ्घले अहिलेसम्म अस्पताललाई उपचारबापतको खर्च उपलब्ध गराएको छैन ।

पाराओलम्पिक एसियाली खेलाडी जेनिशा कडायतले खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिकमाथि चरम लापरबाही र शोषण भएको आरोप लगाए । उनले भने, “हामी कसरी बसेका छौँ, कसरी सहेका छौँ, त्यो त एक पटक आएर हेर्दा थाहा हुन्छ । मानवीय मूल्यको समेत वास्ता नगरी यहाँ राखिएको छ, व्यवस्थित गर्ने विषयमा कोही गम्भीर छैन ।”

नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रभित्रको बेथिति निकै गम्भीर रहेको सङ्घकै एक पदाधिकारी बताउँछन् । ती पदाधिकारीको दाबीलाई सङ्घको लेखापरीक्षण प्रतिवेदनले पनि पुष्टि गर्छ । सङ्घका शाखामध्ये सबैभन्दा बढी बजेट धनुषालाई दिइएको छ । आर्थिक वर्ष २०७९–८० मा नेपाल अपाङ्ग सङ्घ धनुषालाई १३ लाख रुपियाँ दिइएको छ ।

सङ्घको बाँके शाखालाई दुई लाख रुपियाँ, झापा शाखालाई दुई लाख रुपियाँ, कैलाली शाखालाई दुई लाख ६५ हजार रुपियाँ, काठमाडौँ शाखालाई एक लाख रुपियाँ र दाङ शाखालाई दुई लाख रुपियाँ बजेट दिइएको छ । जसमध्ये बाँके र काठमाडौँ शाखामा अपाङ्गता तथा अशक्त नागरिकको आश्रय केन्द्र नै छैन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
आज यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.