ज्ञानेन्द्रले धोका दिएपछि आफैं राजाको शैलीमा देखिए दुर्गा प्रसाई
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो प्रथम वार्षिकोत्सव तामझामका साथ मनाएको छ । आज (मंगलबार) काठमाडौंको भृकुटी मण्डपमा विशेष कार्यक्रम आयोजना गरेर प्रथम वार्षिकोत्सव मनाइएको हो । उक्त कार्यक्रममा देशका विभिन्न ठाउँबाट समर्थकहरुको उपस्थिति थियो ।
प्रसाईले आजको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दनमा सहभागी भइदिन आग्रह गर्दै विन्तिपत्र समेत चढाएका थिए । तर, प्रसाईको कार्यक्रम छल्न ज्ञानेन्द्र सपरिवार चितवनतर्फ गए । त्यस्तै, उनले, राजा र हिन्दु राष्ट्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि सहयोगको अपेक्षा राखेका थिए । राजा र राप्रपा दुवैबाट असहयोग भएपछि प्रसाईँले आजको कार्यक्रम तामझामसहित गरेर आफैं राजर्शी शैलीमा प्रस्तुत भएका थिए ।
प्रसाई लक्जरियस गाडीमा सवार थिए । उनका समर्थकहरुले उनलाई मानव साङ्लो बनाएर सुरक्षा दिँदै भृकुटीमण्डपको कार्यक्रम स्थलमा प्रवेश गराएका थिए । उनले गाडीबाटै आफ्ना समर्थकहरुलाई हात हल्लाएर हौसल्ला प्रदान गरिरहेका थिए । त्यस्तै, परेवा उठाएर उनले उनले कार्यक्रमको सुरुवात गरे ।
प्रसाईले यसअघि गत मंसिर ७ गते बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । उक्त समयमा देशका विभिन्न स्थानबाट १० देखि १२ हजारका समर्थकहरु सहभागी भएको सुरक्षा निकायको आँकलन थियो । आजको कार्यक्रममा भने समर्थकहरुको सहभागिता पहिलाको जस्तो रहेन । आज लगभग २ हजार ५ सयदेखि ३ हजार समर्थकहरु सहभागी भएको आँकलन छ । प्रसाईँको उक्त कार्यक्रममा सुरक्षा व्यवस्था पनि निकै कडा थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सुरक्षा दिएका थिए । राष्ट्रिय अनुसन्धानसहितका कर्मचारीको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
