लिग–२ : सिरिजको अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
जानकारी केन्द्र
२०८०, फाल्गुन, १३
काठमाडौं । नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेल्दै छ। कीर्तिपुर मैदानमा अहिले बिहान साढे ९ बजेदेखि सुरु हुने आजको सिरिजको अन्तिम खेल हो ।
यस सिरिजमा ४ मध्ये ३ खेलमा जित हात पारेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यसै गरी नेदरल्यान्ड्सको ३ खेलमा २ अङ्क रहेको छ भने नेपालको पनि ३ खेलमा २ अङ्क नै छ। तर नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन्। जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ। नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो।
लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
