रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
जानकारी केन्द्र
२०८१, बैशाख, ६
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका छन् । युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए ।
रोनाल्डोले गत सेप्टेम्बरमा युभेन्टसविरुद्ध भुक्तानी नदिएको भन्दै मुद्धा दायर गरेका थिए । कोरोना महामारीको बेला क्लबले रोनाल्डोलाई दिने भनेको सो रकम नदिएको बताइएको छ । रोनाल्डोले करिब २० मिलियन युरो नदिएको बताए पनि अदालतले रोनाल्डो र युभेन्टस दुवैलाई यस प्रकरणमा दोषी मान्दै आधा रकम भुक्तानी गर्न युभेन्टसलाई निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
रोनाल्डोले तीन सिजन युभेन्टसबाट खेलेपछि २०२१ को अगस्तमा क्लब छोडेका थिए । तीन सिजनमा रोनाल्डोले युभेन्टसका लागि १३४ खेलमा १०१ गोल गरेका थिए ।
सम्बन्धित समाचार
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
जेन्जी आन्दोलनको सम्मानमा भदौ २३ गते देशभर बिदा दिने सरकारको निर्णय
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

