गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबि
काठमाडौँ । बालबालिकाहरुले प्रयोग गर्ने नेस्ले कम्पनीका दुई उत्पादन सेरेलक र मिल्क पाउडरमा चिनीको मात्रा बढी रहेको पाइएको छ । नेस्लेका उत्पादनहरूमा चिनीको मात्रा बढी पाइने देशहरूमा भारतसहितका देशहरु रहका छन् ।
पब्लिक आई, स्वीडेनको संस्था र अन्तर्राष्ट्रिय बेबी फुड एक्सन नेटवर्कको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । यी नेस्ले उत्पादनहरू बालबालिकाले प्रयोग गर्ने हुनाले यसलाई निकै चासोका साथ हेरिएको छ । भारतीय बजारमा उपलब्ध हुने यी उत्पादनहरु नेपालमा समेत प्रयोग हुने गर्दछन् ।
यी दुवै उत्पादन नेस्ले कम्पनीको आफ्नै देश स्विट्जरल्याण्डमा चिनीविना बिक्री भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
पब्लिक आई र अन्तर्राष्ट्रिय बेबी फूड एक्शन नेटवर्कले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा बेच्ने नेस्ले उत्पादनहरूलाई परीक्षणको लागि बेल्जियमको प्रयोगशालामा पठाएको थियो ।
पब्लिक आईको रिपोर्ट अनुसार सेरेलकको एक डोजमा औसत ४ ग्राम चिनी हुन्छ र यो ६ महिनासम्मका बालबालिकालाई दिइन्छ । भारतमा दिइएको सेरेलकको एक डोजमा ३ ग्राम चिनी पाइएको छ । यो रिपोर्ट प्रकाशित भएपछि नेस्लेका प्रवक्ताले भने बालबालिकाको वृद्धि र विकासको लागि हाम्रा उत्पादनहरूको गुणस्तरमा ध्यान केन्द्रित गरेको दाबी गरेका छन् ।
नेस्लेले बेबी फूड बजारको २० प्रतिशत ओगटेको छ र कम्पनीको मूल्य ७० अर्ब डलर छ । नेस्लेले सन् २०२२ मा भारतमा मात्र २५ करोड डलर कमाएको छ । रिपोर्टमा नेस्लेले दोहोरो मापदण्ड अपनाइरहेको दाबी गरिएको छ । नेस्लेका उत्पादनहरूमा चिनीको मात्रा बढी भएकाले बालबालिकामा मोटोपना बढ्ने खतरा छ ।
नेस्लेको सेरेलक र दूध पाउडर गरिब देशहरूमा सबैभन्दा धेरै बिक्री हुने बेबी फूड उत्पादनहरू हुन् । पब्लिक आईको अनुसन्धानले नेस्लेले न्यून आय भएका देशका बालबालिकामा मिठाईको लत सिर्जना गरेको दाबी गरेको छ ।
विश्व स्वास्थ्य संगठनले सानै उमेरमा चिनीको सेवनले मोटोपना जस्ता रोग लाग्ने खतरा बढ्दै गएको चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको एजेन्सीले सन् २०२२ सम्ममा साना बालबालिकाका लागि प्रयोग गरिने चिनीमा प्रतिबन्ध लगाउन माग गरेको थियो ।
नेस्लेले सार्वजनिक रूपमा जारी गरेको विज्ञापनमा पनि बालबालिकालाई चिनीयुक्त उत्पादनहरू नखाने दाबी गरेको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
