प्रमुख तिनदलले मधेसमा दुई प्रदेश बनाउने प्रस्ताव अस्विकार गरे
जानकारी केन्द्र
२०७२, माघ, ४
मधेसमा दुई प्रदेश हुनु पर्ने शब्द सहितको राजनीतिक संयन्त्रको कार्यादेशलाई तीन दलका शिर्ष नेताहरुले अस्विकार गरेका छन ।
कार्यदलको बैठकमा छलफल जारी रहेको संयन्त्रको कार्यादेशमा मोर्चाले मधेसमा दुई प्रदेश बनाउने गरी सीमांकन गर्नु पर्ने भनि राखेको प्रस्तावमा आज बालुवाटारमा बसेको शिर्ष बैठक असहमति जनाएको हो ।
काग्रेस उपसभापति रामचन्द्र पौडेलले कति प्रदेश हुने भन्ने कुरा राजनीतिक संयन्त्रले छलफल गरेर टुङगो लगाउने विषय भएकोले अहिले नै मधेसमा दुई प्रदेश भन्ने शब्दावली राख्न नसकिने बताए ।
उनले कार्यदल तहमा सहमतिको प्रयास जारी रहेकोले अहिले नै केही भन्न नसक्ने भन्दै मोर्चा सहमतिमा नआए संविधान संसोधन प्रस्ताव अगाडि बढाउने बताए । उनले संसोधन विद्येयकमाथि परेको संसोधन प्रस्तावका विषयमा भने भोली शिर्ष बैठक बसेर टुङग्याउने जानकारी दिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

