मधेसमा दुई प्रदेश हुनु पर्ने शब्द सहितको राजनीतिक संयन्त्रको कार्यादेशलाई तीन दलका शिर्ष नेताहरुले अस्विकार गरेका छन ।
कार्यदलको बैठकमा छलफल जारी रहेको संयन्त्रको कार्यादेशमा मोर्चाले मधेसमा दुई प्रदेश बनाउने गरी सीमांकन गर्नु पर्ने भनि राखेको प्रस्तावमा आज बालुवाटारमा बसेको शिर्ष बैठक असहमति जनाएको हो ।
काग्रेस उपसभापति रामचन्द्र पौडेलले कति प्रदेश हुने भन्ने कुरा राजनीतिक संयन्त्रले छलफल गरेर टुङगो लगाउने विषय भएकोले अहिले नै मधेसमा दुई प्रदेश भन्ने शब्दावली राख्न नसकिने बताए ।
उनले कार्यदल तहमा सहमतिको प्रयास जारी रहेकोले अहिले नै केही भन्न नसक्ने भन्दै मोर्चा सहमतिमा नआए संविधान संसोधन प्रस्ताव अगाडि बढाउने बताए । उनले संसोधन विद्येयकमाथि परेको संसोधन प्रस्तावका विषयमा भने भोली शिर्ष बैठक बसेर टुङग्याउने जानकारी दिए ।
प्रमुख तिनदलले मधेसमा दुई प्रदेश बनाउने प्रस्ताव अस्विकार गरे
प्रमुख तिनदलले मधेसमा दुई प्रदेश बनाउने प्रस्ताव अस्विकार गरे

तपाईको प्रतिक्रिया