सलमान खानको ‘सिकिन्दर’को सुटिङ मेबाट सुरू हुने, तर बिचमा ब्रेक हुने
मुम्बई । लामो समयपछि सलमान खानले आफ्नो अर्को फिल्म सिकन्दरको घोषणा गरेका छन् । जसलाई एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् । अब साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्मको सुटिङको बारेमा एउटा अपडेट आएको छ । सलमानले आगामी मे महिनाबाट ‘सिकन्दर’ को सुटिङ सुरु गर्ने बताइएको छ । तर यसमा एक नयाँ कुरा छ।
मिड डे रिपोर्टका अनुसार सलमान खानको फिल्म ‘सिकन्दर’को सुटिङ लगातार हुने छैन । यसको कारण हुन, एआर मारुगादास। समाचार अनुसार ‘सिकन्दर’ सुरु गरेपछि मुरुगादासले बीचमा छिटो ब्रेक लिने छन् । ‘सिकन्दर’ बाहेक उनले आफ्नो आगामी फिल्ममा पनि काम गर्ने छन् । यो उनको तमिल भाषाको फिल्म हो, जुन उनले शिव कार्तिकेयनसँग बनाउन लागेका हुन् । जसलाई उनले यही जुलाईमा पूरा गर्नु पर्नेछ ।
त्यसैले मुरुगादासले मेमा ‘सिकन्दर’को सुटिङ गर्नेछन् । पहिलो तालिका पूरा हुनेछ। यसपछि उनले शिवकार्तिकेयनसँग अर्को फिल्ममा काम गर्नेछन् । जसको अस्थायी शीर्षक एसके २३ भनिन्छ। त्यसपछि जुनमा सम्पन्न गरेपछि मुरुगादासले जुलाई देखि फेरि ‘सिकन्दर’को काम सुरु गर्नेछन् । ‘सिकन्दर’को छायांकन भारत र युरोपमा ठूलो मात्रामा हुने भएको छ ।
सलमान खानको यो फिल्म पनि खास छ किनकी सलमानले धेरै सोचेर यो फिल्ममा काम गर्ने निर्णय गरेका हुन् । उनका पछिल्ला केही चलचित्रले टिकट विन्डोमा सोचे अनुसार कमाउन सकेका छैनन् । सलमानको पछिल्लो ब्लकबस्टर फिल्म ‘टाइगर जिन्दा है’ थियो । त्यसयता उनी टिकट विन्डोमा संघर्ष गरिरहेका छन् । ‘टाइगर ३’लाई पक्कै हिट फिल्मको रुपमा हेरिएको थियो । तर यस्तो हुन सकेको छैन ।
अब ‘सिकन्दर’ बाट सलमानले बक्स अफिसमा फेरि प्रभुत्व जमाउने अपेक्षा गरिएको छ । यो फिल्मको बजेट ४ सय करोड भारु रहेको बताइएको छ । मुरुगादास लामो समयदेखि सलमानसँग काम गर्न चाहन्थे । त्यो अहिले मात्र आएर सम्भव भएको हो । साजिद नाडियाडवालाले यसलाई आफ्नो प्रोडक्सनको सबैभन्दा ठूलो र महत्वाकांक्षी फिल्मको रुपमा निर्माण गरिरहेका छन् । यसलाई एक्शन थ्रिलर फिल्मको रुपमा व्याख्या गरिएको छ ।
साजिद र टिम सन् २०२४ को अन्त्यसम्म फिल्मको छायांकन पूरा गर्न चाहन्छन् । जसले गर्दा उनीहरूले पोस्ट प्रोडक्सनको लागि ३–४ महिना समय पाउँछन्। ‘सिकन्दर’ सन् २०२५ को इदमा हलमा रिलिज गरिनेछ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
