मोरङको रंगेलीमा प्रहरी र मोर्चाको झडप, एकको मृत्यु
प्रधानमन्त्री केपी शर्मा ओली पुग्ने एमाले सभा बिथोल्न मधेसी मोर्चाले प्रदर्शन सुरु गरेपछि भएको प्रहरी र मधेसी मोर्चाबीचको झडपमा एक जना महिलाको मृत्यु भएको छ ।
एमाले आमसभा स्थलभन्दा केही पर प्रहरीको गोली लागेर ति महिलाको मृत्यु भएको हो । उनको सनाखत हुन भने सकेको छैन । ति महिलाको शव प्रहरीले कोशी अञ्चल अस्पताल लागेको छ ।
एमाले सभा बिथोल्ने क्रममा मधेसी मोर्चाले बल प्रयोग गरेको कारण प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको छ । युवा संघ मोरङले आयोजना गरेको उक्त सभामा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपनि उनको सट्टा एमाले महासचिव इश्वर पोखरेल त्यहाँ पुगेका थिए ।
सम्भावित घटनाबारे बुधबारनै आंकलन गरिएपनि मधेसी मोर्चा र युवासंघ सम्यमित नहुँदा रंगेली घटना घटेको स्थानीयहरुले जनाएका छन् । मधेसी मोर्चाले र युवा संघले एकै दिन एउटै समयमा सभा आयोजना गरेपछि मोरङको पुरानो सदरमुकाम रंगेलीमा बुधबारदेखि नै झडपको स्थिति देखिएको थियो । युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने प्रचार भएपछि मधेसी दल थप आक्रोशित बनेका थिए
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

