• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ जेठ २०८३, शुक्रबार
१५ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साओमी १७ टी मोबाइल सार्वजनिक हुँदै : प्रि-अर्डरमा इयरबड्स र साओमी ट्याग फ्री
  • १२ घण्टा 

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
  • १३ घण्टा 

बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
  • १३ घण्टा 

सरकारको घोषणा : मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र सम्पन्न गरिने
  • १३ घण्टा 

कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान
  • १३ घण्टा 

पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट
  • १३ घण्टा 

२७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो
  • १४ घण्टा 

ट्राफिक प्रहरीको अनलाइन भुक्तानी अवरुद्ध हुने
  • १५ घण्टा 

आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. ट्राफिक प्रहरीको अनलाइन भुक्तानी अवरुद्ध हुने

  • ३. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ४. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ५. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ६. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

  • ९. २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो

  • १०. २४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

अझै सम्पर्कविहीन रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा

जानकारी केन्द्र २०८१, बैशाख, १५

काठमाडौं। रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन् ।

धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरा विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि दिनरातै रोएर बित्ने गरेको व्यास नगरपालिका–९ मा रहेकी आमाले बताईन्। ‘रुसी सेनामा भर्ती भएको छोराले सुरुमा चिन्ता नगर्न भनेको थियो ।’नाम गोप्य राखिदिन आग्रह गर्दै ती आमाले भनिन्, ‘छोरा सम्पर्कविहीन भएपछि शोकले सुत्न पनि सकिएको छैन ।’

रुसी सेनामा भर्ती भएका आफ्ना सन्तानलाई सुरक्षित रुपमा स्वदेश ल्याइदिन पहल गर्न परिवारजनले जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन परेको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी दिए ।

रुसी सेनामा व्यासका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जना गरी नौ युवा सम्पर्कविहीन भएकाले खोजी गरि सकुशल स्वदेश फिर्ता गरि दिन माग गर्दै निवेदन परेको उनले बताए। सम्पर्कविहीनहरूको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ । विचौलियामार्फत पाँच लाखदेखि छ लाखसम्म तिरेर ‘भिजिट भिसा’मार्फत रुसी सेनामा भर्ती गराइएकोसमेत परामर्शदाता तिवारीको भनाइ छ।

केन्द्रका जिल्ला संयोजक लुना रानाले तनहुँबाट अन्य व्यक्तिसमेत रुसी सेनामा भर्ती भएको हुनसक्ने आकलन गरिएको बताए । नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिनेको सङ्ख्या न्यून रहेकोसमेत उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रुपमा परामर्श लिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । वैदेशिक रोजगारीका क्रममा कसैले पनि ठग्न नसकुन् भनेर आफूहरुले अनिवार्य रुपमा परामर्श सेवा सञ्चालन गरेको उनले जानकारी दिए ।

‘रुसी सेनामा भर्ति भएकाको खोजी गरिदिन निवेदन परेको छ,’ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘ हामीले आफ्नो स्थानबाट सकुशल फिर्ता गर्न आवश्यक पहल गरेका छौँ, तर राज्यले बन्देज लगाएको र जानकारी नभएका देशहरुमा कसैलाई पनि नजान अनुरोध गरेका छौँ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साओमी १७ टी मोबाइल सार्वजनिक हुँदै : प्रि-अर्डरमा इयरबड्स र साओमी ट्याग फ्री
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर

ताजा

साओमी १७ टी मोबाइल सार्वजनिक हुँदै : प्रि-अर्डरमा इयरबड्स र साओमी ट्याग फ्री

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर

सरकारको घोषणा : मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र सम्पन्न गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.