चारजना महिलालाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेचबिखन गर्न लैजाँदै गरेका ति चारजना अभियुक्तहरुमा चितवन मंगलपुर–७ का सञ्जय तामाङ, तनहुँ केशवटार–२ का टोलाराम थापा, धादिङ गजुरी–२ का दयाराज कँडेल र स्याङ्जा पन्चमुल–९ का राजु गुरुङ रहेका छन् । कँडेललाई काठमाडौंबाट र अन्य तीनजनलाई चितवनको भरतपुरस्थित होटल अशोकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले उनीहरुसँगै रहेका रामेछापका १९ देखि ३१ वर्ष उमेर समूहका चारजना नेपाली महिलालाई प्रहरीले उद्धार गरेको छ । पक्राउ परेकाहरुले रोजगारीको लागि कीर्गिस्तान पठाइदिने भन्दै महिलाहरुलाई भारतमा बेचबिखन गर्न खोजेको प्रहरीको आरोप छ ।