असार ७ देखि प्रदर्शन हुने पूजा शर्माको ‘दान्भी’
जानकारी केन्द्र
२०८१, बैशाख, १८
काठमाडौँ । अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।
रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही फिल्मबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । यस फिल्ममा पूजा एक्सन अवतारमा देखिदै छन्।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

