मन्त्री परिषदद्धारा शक्तिशाली चिकित्सा आयोग गठन
सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले सो आयोग गठन गरेको हो । आयोगको कार्यकारी उपाध्यक्षमा भने डा. भगवान कोइरालालाई नियुक्त गरिएको छ ।
आयोगको पदेन सदस्यमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव वा सहसचिव रहनेछन् । यसैगरी नेपाल मेडिकल काउन्सीलको अध्यक्ष, नेपाल नर्सिङ काउन्सीलको अध्यक्ष पनि आयोगको सदस्य छन् ।
यसैगरी अन्य सदस्यहरुमा प्राध्यापक डा. सिर्जना श्रेष्ठ, प्राध्यापक डा. अर्जुन कार्की, डा. जगदीशप्रसाद अग्रवाल, डा. श्रीकृष्ण गिरी र डा. सुरेश कडरीया रहेका छन ।
बैठकले सचिवहरु श्रीधर सापकोटालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । चन्द्र घिमिरेलाई बढुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा, शशिसेखर श्रेष्ठलाई बढुवा गरी मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयमा, शंकर कोइरालालाई बढुवा गरी पश्चिम क्षेत्रीय प्रशासन कार्यालयमा र लक्ष्मीप्रसाद ढकाललाई बढुवा गरी मध्यमान्चल क्षेत्रीय प्रशासन कार्यालयमा पदस्थापन गरिएको छ । भने मुकुन्द घिमिरेलाई कायम मुकायम क्षेत्रीय प्रशासकको रुपमा डोटीमा पठाइएको छ ।
बैठकले लुम्विनी विकास परिषदमा रिक्त चार सदस्यहरुको पदपूर्ति पनि गरेको छ । सँस्कृति, संघीय मामिला, भौतिक पूर्वाधार र भूमिसुधार मन्त्रालयका सचिवहरुलाई लुम्विनी विकास परिषदमा नियुक्त गरिएको हो ।
त्यसैगरी एकपटक सार्बजनिक पद धारण गरेको व्यक्ति अवकाश भएर पुनः सरकारी सेवा सुविधा पाउने गरी कतै नियुक्त भयो भने पेन्सन लिइरहने कि नयाँ नियुक्ति भए वापतको तलब खाने भन्ने निर्णय एक महिना अघि नै गरिसक्नुपर्ने निर्णय समेत गरेको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

