• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ चैत २०८२, आइतबार
२२ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • ९ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १० घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १० घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १२ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १४ घण्टा 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १४ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ३. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ४. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ५. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ६. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • ७. मध्यरातमा भूकम्पकाे धक्का

  • ८. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ९. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • १०. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

भेडे खुर्सानी खेती गर्ने तरिका

जानकारी केन्द्र २०८१, बैशाख, २३

नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो ।

खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ । सम्भवतः भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो । भेडे खुर्सानीको लोकप्रियता नेपालमा बिस्तारै बढ्दै गएको छ । यो तरकारी साना र सीमान्त कृषकदेखि ठूला कृषकहरूलाई समेत आर्थिक अवस्था माथि उठाउन निकै सहयोगी हुन सक्छ।

१.भेडे खुर्सानीको औषधीय गुण के हो ?

भेडे खुर्सानीको सेवनले ठन्डी, दम, श्वासप्रश्वास प्रणालीमा समस्या र अर्वुद रोगसंग लड्ने क्षमता बढाउँदछ ।

२.भेडे खुर्सानीका जातहरु कुन –कुन हुन् ?

नेपालमा भेडे खुर्सानीको खेती गर्न उन्मोचन र पंजीकरण गरिएको जातहरुः क्यालियोफोर्निया वन्डर (California Wonder), सागर (Sagar) र एन.एस. ६३२ हुन् ।

३.टाढा ढुवानीरवजारको लागि कस्ता–कस्ता उपायहरु अवलम्वन गर्नु पर्दछ ?

भेंडे खुर्सानी ढुवानीको साधनमा राम्ररी मिलाएर लैजानु पर्दछ अन्यथा सामान बजारसम्म पुग्दा बिग्रन वा नोक्सान हुनसक्छ।सकेसम्म ढुवानीको साधनमा खण्ड खण्ड पारी छुट्याएर फल नचेप्टिने तथा नकुच्चिने गरी राख्नु पर्दछ। उत्पादित फल स्थानीय स्तरमा सङ्कलन केन्द्र वा बजारमा पुर्‍याएर आफैंले वा थोक वा खुद्रा व्यापारी मार्फत बिक्री गरीसकिन्छ।

४.भेडेखर्सानी फललाई कति दिन सम्म भण्डारणगर्न सकिन्छ ?

शीत भण्डारको ८० डिग्री सेन्टिग्रेड तापक्रम र ९०-९८ प्रतिशत सापेक्षिक आर्द्रताको अवस्थामा भेडेखुर्सानीलाई ४ हप्तासम्म सुरक्षित भण्डारण गर्न सकिन्छ। साधारणकोठामा २-३ दिनसम्म राख्न सकिन्छ।

५.भेडेखुर्सानी फल प्याकिङ्ग गर्दा कुन सामग्री प्रयोग गर्नु पर्दछ ?

नजिक बजारको लागि जुटको बोरामा प्याकिङ्ग गर्ने चलन छ। टाढा बजार पठाउनको लागि भने बाँसको टोकरी, कार्टुन अथवा प्लाष्टिक क्रेट प्रयोग गरी प्याकिङ गर्नुपर्दछ।

६.भेडेखुर्सानी फल ग्रेडिङ्ग गर्दा कुन कुन कुरामा ध्यान दिनु पर्दछ ?

बाली टिपेपछि कीराले खाएका, रोग लागेका, चोटपटक लागेका, चाउरिएका ज्यादै साना, आकार बिग्रेका र आर्कषक रंग वा आकृति नभएका फलहरू छुट्टाछुट्टै वर्गीकरण गर्नु पर्दछ।रङ्गको आधारमा छुट्याएर बिक्रीको व्यवस्था गर्नु पर्दछ।

७.फल टिपी सकेपछि कस्तो ठाउँमा राख्नु पर्दछ ?

भेडेखुर्सानीफल टिपी सकेपछि सफा चिसो पानीले पखालेर छायाँमा ओभाउन दिनुपर्दछ।

८.भेडेखुर्सानीफल कहिले तयार हुन्छ र फल कसरी टिप्ने गरिन्छ ?

बेर्ना सारेको ६० देखि ९० दिनमा फल टिप्न तयार हुन्छन्। भेट्नो कडा भएपछि फल टिप्नु पर्दछ। पूरा बढेका फल टिप्नुपर्दछ। फल टिप्दा हातलेनै भेट्नु सहित दाहिनेतिर घुमाएर टिप्नुपर्दछ। शीत परेको बेला, पानी परेको बेला वा पानी परे लगत्तै भेंडेखुर्सानी टिप्नु हुँदैन।

९.राम्रो व्यवस्थापन गरेको भेडेखुर्सानी खेतीवाट प्रति रोपनी कतिसम्म उत्पादन लिन सकिन्छ ?

भेडेखुर्सानीको उत्पादन यसमा प्रयोग गरिने मलखाद,बाली व्यवस्थापन लगायतका धेरै कुराहरुमा भर पर्दछ तापनि उन्नत जातले ८००–११०० के.जी. प्रति रोपनी र वर्णसंकर जातले १०००-१५०० के.जी. प्रति रोपनी उत्पादन दिन्छ।

१०.फामोप्सिस डढुवा रोगका लक्षण के के हुन् र यसको नियन्त्रण कसरी गरिन्छ ?

शुरुमा माटो छोएका पातहरुमा दागहरु देखा पर्दछन्। पछि डाँठमा समेत आक्रमण गरी बोक्रा खैरो रङ्गको भै सड्दछ। फल बाहिर गडेका पहेंला दागहरु र भित्र पुरै सुख्खा किसिमले सड्दछ। नीममा आधारित विषादीको प्रयोग गर्ने अथवा डाइथेन एम ४५ विषादि २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्न सकिन्छ।

११.थ्रिप्सले बालीलाई कसरी नोक्सानी पुर्यानउँछ र यसको कसरी व्यवस्थापन गर्न सकिन्छ ?

यो कीरा सानो हुन्छ। माउ र बच्चाले बालीलाई कोत्रेर घाउ बनाई निस्केको रस चुस्छन्। कोत्रेको ठाउँमा खैरो धब्बाहरु देखिन्छन्। यसको व्यवस्थापन गर्न फल फल्नु अघि मालाथियन वा रोगर २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्केरयस कीराको व्यवस्थापन गर्न सकिन्छ।

१२.भेंडेखुर्सानीमा लाग्ने मुख्य मुख्य कीरा तथा रोग कुन कुन हुन् ?

भेडेखुर्सानीमा लाग्ने कीराहरुमाफेदकाटनेकीरा, थ्रिप्स मुख्य हुन् भने रोहरुमा एन्थ्राक्नोज,फामोप्सिसडढुवा, आईलाउने रोग, पात खुम्चिने रोग, फल कुहिने रोग आदि प्रमुख हुन्।

१३.भेडेखुर्सानी बाली रोपाई पछिको हेरचाह कसरी गर्ने ?

बेर्ना सारेको १०-१५ दिनपछि माटो कक्रिएमा वा झार पलाएमा कुटो वा कोदालोले हल्का गोडाई गरी माटो चलाएर खुकुलो पार्नु पर्दछ।बसन्त-ग्रीष्मयाममा सिंचाइ गर्ने पानीको अभाव हुने समयमा थोपा सिंचाइ गर्नु अत्यन्त प्रभावकारी र लाभदायी हुन्छ। यसले बोटको वृद्धि राम्रो भई बढी उत्पादन साथै फलको गुणस्तर पनि राम्रो भएको पाईएको छ। प्लाष्टिक घर भित्र गरिने खेतीमा थोपा सिंचाई अनिबार्य हुन्छ। भेँडेखुर्सानीको फलले माटोमा छोएमा फल कुहिने रोग लाग्दछ। पराल वा प्लाष्टिकको छापो दिएर रोग र सडनबाट बचाउन सकिन्छ।

१४.भेडेखुर्सानीमा सिचाईको महत्व कस्तो रहन्छ रु कुन कुन अवस्थामा सिचाई गर्नु पर्दछ ?

भेंडेखुर्सानीलाई बढी चिस्यान र पानी जम्नु हुँदैन। माटोको अवस्था र मौसमको आधारमा ७-१५ दिनको फरकमा सिंचाई गर्नुपर्छ।सिंचाई गर्दा कुलेसामा मात्र गर्नु पर्छ। ड्याङ्ग पुरै भिजाउनु हुँदैन। वेर्ना सार्दा, मलखाद टपड्रेस गरेपछि, झारपात हटाई गोडमेल गर्दा, उकेरा दिए पछि, फूल फूल्ने अवस्था तथा फलहरु वृद्धि हुने अवस्थामा सिचाई दिनु जरुरी हुन्छ।

१५.प्लाष्टिक घर भित्र लगाईएका भेडेखुर्सानी बालीमा मलखादको व्वयस्थापन कसरी गर्ने ?

प्लाष्टिक घरभित्र लामो समयसम्म बाली लिन थप टप-ड्रेसिङ्ग गर्दा डि.ए.पि. २ ग्राम,युरिया २ ग्राम र पोटाश २ ग्राम प्रतिबोटका दरले बेर्नाको चारैतिरबाट जरालाई नछुने गरी मल दिई माटोमा मिलाई दिनुपर्दछ। प्लाष्टिक घर भित्र खेती गरिएको भेंडेखुर्सानीलाई मल्टिप्लेक्स वा एग्रोमिन ३ मि.लि. प्रतिलिटर पानीका दरले मिसाई छर्दा अझ राम्रो उत्पादन भएको पाइएको छ।

१६.भेडेखुर्सानी बालीमा मलखादको व्वयस्थापन कसरी गरिन्छ ?

राम्रोसँग कुहिएको गोबर मल १-१.५मे.टन, यूरिया ७ के.जी.,डि.ए.पि. ७ के.जी., म्यूरेट अफपोटाश ५ के.जी. प्रति रोपनीका दरले हाल्नु पर्दछ। सिफारीश गरे अनुसारको कम्पोष्टरगोवरमल,डि.ए.पि. र पोटाश मलको पुरै भाग र यूरियाको आधा भाग जमिन तयार गर्दा नै माटोमा मिलाउनुपर्दछ। बाँकी बचेको यूरियाको आधाभाग बेर्ना सारेको ३० दिन र ६० दिनपछि दुई पटक गरी टप-ड्रेसिङ्ग गर्नुपर्दछ। यसैगरी भेजिमेक्स १ मि.लि. प्रति ३ लिटर पानीका दरले बेर्ना रोपेको ७-१० दिनमा पहिलो पटक र त्यसपछि १५ दिनको फरकमा ४-५पटक छर्नुपर्दछ।

१७.भेडेखुर्सानीको बेर्ना कसरी रोपिन्छ ?

हिउँद र सुख्खा मौसममा सिचाई गर्न सजिलो हुने गरी एक मिटर चौडा डयाङ्गमा हारबाट हारको दुरी ५० से.मि. र बोटबाट बोटको दुरी ३० से.मि. कायम गरि दुई हार लगाउने। बेर्ना सार्दा ८-१० से.मि.अग्लो र ५/६ पाते बेर्ना सार्नुपर्दछ।

१८. भेडेखुर्सानीको लागि जमिनको तयारी कसरी गर्ने ?

भेंडेखुर्सानी सार्ने जमिनलाई २-३ पटकसम्म गहिरो जोताई गरी माटोको डल्ला फोरेर सम्याउनुपर्दछ। हिउँदे र वसन्ते बालीको लागि एक मिटर चौडा डयाङ्ग बनाई दुई हारमा बेर्ना सार्नु पर्दछ। वर्षायाममा यदि खुला ठाउँमा सार्ने हो भने, एक एक हारमा बेर्ना सार्ने गरी ५० से.मि. चौडाइको ड्याङ्ग बनाउनु पर्दछ। पानीको निकासाका लागि दुई ड्याङ्गको बीचमा २५ से.मि. चौडा कुलेसो बनाउनुपर्दछ।

१९.भेडेखुर्सानीको बिरुवा नर्सरीमा कसरी उमार्ने होला ?

माटोमा ६ के.जी. राम्ररी पाकेको गोबर मल, १५० ग्राम डि.ए.पि. र १०० ग्राम पोटाश मल मिसाई ब्याड तयार गर्ने। सोलराइजेशन गरेपछि तयारी ब्याडमा १० से.मि.को दुरीमा सिधालाइन कोरी २ से.मि. को फरकमा २र२ वटा बीउ खसाली हल्का माटोले लाइन छोपी पराल वा पतलो बोराले पुरै ब्याड छोप्ने र हजारीले माथीबाट सिंचाइ गर्ने।बेर्ना उम्रन थाले पछि परालरबोराको छापो हटाई दिने। भेडेखुर्सानीको बेर्ना उम्रेको २५ देखि ३० दिनमा ६ पाते र १० से.मि.अग्लो भएपछि खेतमा सार्न तयार हुन्छ।

२०.सोलराइजेशन भनेको के हो र यो कसरी र किन गरिन्छ ?

सोलराइजेसनभनेको सूर्यको किरणको तापले नर्सरी ब्याडको माटो तताउने विधि हो। राम्ररी तयार गरिएको ब्याडलाई पारदर्शी प्लाष्टिकले छोपेर, प्लाष्टिकको चारै किनारालाई माटोमा चेपिन्छ र यसो गर्दा छोपिएको माटोको तापक्रम बढ्दछ।यस विधिद्वारा नर्सरी ब्याडमा भएका कीरा तथा रोगका जीवाणुहरुलाई निर्मूल गरी स्वस्थ्य नर्सरी बिरुवा उमार्न मद्दत पुग्दछ।

२१.एक रोपनीमा भेडेखुर्सानीको खेती गर्न कति क्षेत्रफलको नर्सरी ब्याड बनाउनु पर्छ ?

एक रोपनीमा ब्यावसायिक भेडेखुर्सानी खेती गर्न १ मिटर चौडा र ३ मिटर लामो नर्सरी व्याड बनाई माटो राम्ररी तयार गरी चारैतिर डिल भएको दबेको नर्सरी ब्याड तयार गर्नु पर्दछ।

२२.भेडेखुर्सानी बाली लगाउने र बाली लिने समय कहिले हो ?

विभिन्न भौगोलिक क्षेत्रमा प्लाष्टिक गुमोजरघर भित्र वा खुला खेतमा विभिन्न समयमा भेडेखुर्सानी खेतीगर्न सकिन्छ। तराईमा हिउँदे बालीको रुपमा भाद्र-आश्विनमा बेर्ना सारेर कात्तिक-चैत्रमा बाली लिन सकिन्छ भने मध्य-पहाडमा बसन्ते बालीको रुपमा माघ-फाल्गुणमा लगाएर बैशाख-आषाढमा र उच्च पहाडमा वर्षे बालीको रुपमा प्लाष्टिक घरभित्र बैशाख-जेष्ठमा बाली लगाएर श्रावण-कात्तिकमा बाली लिन सकिन्छ।

२३.क्यालिफोर्निया वण्डर जातको विशेषता के हो ?

यस जातको भेडेखुर्सानीको फल गाढा हरियो भै फलको टुप्पातिर ३-४ वटा खण्ड परेको वर्गाकार वा आयताकारको डल्ला हुन्छ। राष्ट्रिय बीउ विजन समितिले तराई, मध्य र उच्च पहाडको लागि यसको सिफारिश गरेको छ।

२४.भेडेखुर्सानीका जातहरु के के छन् ?

भेडेखुर्सानीका धेरै जातहरु भएपनि नेपालमा प्रचलित जात क्यालिफोर्निया वण्डर हो। अरु जातहरुमा यल्लो वण्डर, भारत, आई.ए.एच.एस.पि २, सोलन हाईव्रिड, सि.एच १, वण्डर वेल, चाइनिज जायन्ट आदि छन्।

२५.भेडेखुर्सानी खेती गर्नको लागि प्रति रोपनीआवश्यक वीउरबेर्ना कति हो ?

एक रोपनीको लागि उमारशक्तिको आधारमा ३० देखि ५० ग्राम बीउ वा ३५०० देखि ४००० बेर्ना (खाली ठाउँ भर्न समेत) आबश्यक पर्दछ।

२६.यसको खेती गर्न कस्तो माटो उपयुक्त होला ?

पानीको निकास राम्रो भएको, माटोको पि.एच .मान ५.५-६.५ भएको, खुकुलो र प्राङ्गारिक पदार्थ प्रशस्त भएको दुमट माटो उपयुक्त मानिन्छ। बलौटे माटोमा प्रशस्त गोबर मलको प्रयोग र सिंचाई व्यवस्था मिलाउन सके भेडे खुर्सानी खेती राम्रो हुन्छ।

२७.भेडेखुर्सानीको लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?

भेडेखुर्सानी न्यानो हावापानीमा हुने बाली भएकोले सुख्खा र गर्मी मौसममा बोट तथा फलको विकास राम्रो हुन्छ। भेँडखुर्सानीको बीउ २३-२८ डिग्री सेन्टिग्रेडको बीचमा राम्रो सँग उम्रन्छ। बोटको वृद्धि र फल लाग्नको लागि २०-३२ डिग्री सेन्टिग्रेड तापक्रम अति उत्तम हुन्छ। दिनको तापक्रम १५ डिग्री सेन्टिग्रेड भन्दा तल र ३५ डिग्री सेन्टिग्रेड भन्दा माथिको तापक्रममा फल लाग्दैन। भेडेंखुर्सानीले तुषारो खप्न सक्दैन। रातको तापक्रम ८-१० डिग्री सेन्टिग्रेडर दिनको तापक्रम २० देखि २५ डिग्री सेन्टिग्रेडभएमा फलको तौल बढदछ। ज्यादै गर्मी, ओसिलो र बादल लाग्ने मौसम (श्रावण-भाद्र)मा फल कुहिने रोग बढी लाग्दछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

ताजा

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.