नयाँ शक्तिमा बाबुराम नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय परिषदको घोषणा,यस्ता व्यत्तित्वहरू छन केन्द्रीय परिषदमा
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा ३५ सदस्यीय नयाँ शक्तिको घोषणा भएको छ । अाइतवार पत्रकार सम्मेलन गर्दै भट्टराईले ३५ सदस्यीय केन्द्रीय परिषदको घोषणा गरेका हुन् ।
नयाँ शक्तिले बानेश्वरको अल्फाबिटामा पत्रकार सम्मेलन गरि केन्द्रीय परिषदको घोषणा गरेको हो । जसमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संयोजक बनाइएको छ भने नायिका करिश्मा मानन्धर, पूर्वअर्थसचिव रामेश्वर खनाल, नायक सरोज खनाल लगायत रहेका छन् ।
नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद घोषणा कार्यक्रममा केन्द्रीय परिषद २ सय ६५ सदस्यीय हुने भनिएपनि आज ३५ सदस्यको नाममात्रै सार्वजनिक गरिएको छ।
नयाँ शक्तिको उक्त कार्यक्रममा उद्योगी विनोद चाैधरीले रचनात्मक र विकासको राजनीतिमा अाफ्नो समर्थन रहने भन्दै नयाँ शक्तिलाई शुभकामना मन्तब्य दिएका थिए । उनले बाबुराम भट्टराईको विकासमुखी राजनीति र रचनात्मक सोँचबाट अाफू प्रभावित भएकोले नयाँ शक्तिप्रति अाफ्नो सद्भाव र शुभेच्छा रहेको बताए ।
चाैधरीले अफू लगायत नेपाली जनताले नयाँ शक्तिप्रति अाशाको नजरले हेरेको बताए । त्यस्तै पूर्व एअाइजि गणेश राइले भट्टराई प्रधानमन्त्री हुँदा सडक विस्तार, मापसे नियन्त्रण अभियान लगायतका काममा भट्टराइसँग निकट रहेर काम गर्दा निकै प्रभावित भएको बताए ।
त्यस्तै कलाकार करिश्मा मानन्धरले बाबुरामले नयाँ ढंगबाट रचनात्मक पार्टी गठन गर्न लागेको र समाज सधै नयाँ सोँचकासाथ अगाडी बढ्नु पर्ने मान्यताप्रति समर्थन गर्दै अाफू नयाँ शक्तिमा लागेको बताइन् ।
बाबुरामको नयाँ शक्तिमा को-को छन् ?
संयोजक
१. डा. बाबुराम भट्टराई गोरखा
परिषद् सदस्यहरु
२ अशोक शर्मा झापा
३ ऋषवदेव भट्टराई चितवन
४ कमला हेम्चुरी पाल्पा
५ करिश्मा मानन्धर काठमाडौं
६ केशव दाहाल सुनसरी
७ डा. केशवमान शाक्य काठमाडौं
८ गणेशराज राई भोजपुर
९ डा. चैतन्य सुब्बा ताप्लेजुङ
१० डा. जीतेन्द्र महासेठ सिराहा
११ टिका गौचन म्याग्दी
१२ डम्बर खतिवडा सुनसरी
१३ तिलक थापा मगर मोरङ
१४ दलमर्दन कामी सुनसरी
१५ दुर्गा सोव डोटी
१६ देवेन्द्र पौडेल बाग्लुङ
१७ नत्थुप्रसाद चौधरी सप्तरी
१८ नारायण पाण्डे गोरखा
१९ पासाङ्ग शेर्पा ताप्लेजुङ
२० डा. प्रवीण मिश्र महोत्तरी
२१ मदन राई खोटाङ
२२ मनप्रसाद सुनुवार रामेछाप
२३ मुमाराम खनाल कपिलबस्तु
२४ डा. मुक्ति रिजाल अर्घाखाँची
२५ मोहनी महर्जन काठमाडौं
२६ डा. राजेन्द्र के.सी. धादिङ
२७ डा. रामकेवल साह धनुषा
२८ रामचन्द्र झा धनुषा
२९ रामेश्वर खनाल पाल्पा
३० लिली थापा काठमाडौं
३१ वज्रकिशोर यादव धनुषा
३२ विसन राई खोटाङ
३३ सरोज खनाल चितवन
३४ डा. सुरेन्द्र चौधरी दाङ
३५ हरेराम कोईराला गोरखा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

