आइपिएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटरको खेल हुदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।
बैंगलुरुले समुह चरणमा आफ्ना पछिल्ला ६ खेल लगातार जितेर प्लेअफमा पुगेको हो । बैंगलुरुको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको थियो ।
त्यसैगरी राजस्थान रोयल्स भने तेस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो । राजस्थानले समुह चरणमा १४ मध्ये ८ खेल जितेको थियो भने ५ खेलमा हार र एक खेल बर्षाले रद्ध भएको थियो ।
बैंगलुरुका लागि विराट कोहलीले यस सिजनमा शानदार ब्याटिंग गरिरहेका छन् । उनले अहिलेसम्म ७०८ रन बनाएका छन् । त्यस्तै कप्तान फाफ डुप्लेसिस र रजत पाडीदारले पनि शानदार ब्याटिंग गरिरहेका छन् । फाफले अहिलेसम्म ४२१ र रजतले ३६१ रन बनाएका छन् । त्यस्तै बैंगलुरुका लागि यश दयालले सर्बाधिक १५ विकेट लिएका छन् भने मोहमद सिराजले १३ विकेट लिएका छन् ।
त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिंग गरेका छन् । उनले अहिलेसम्म ५३१ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५०४ रन बनाएका छन् ।
त्यस्तै राजस्थानका लागि युजवेन्द्र चहलले सर्बाधिक १७ विकेट लिएका छन् भने आभेश खानले १३ विकेट लिएका छन् ।
आइपिएलमा बैंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन । बैंगलुरु अहिलेसम्म २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।
त्यस्तै राजस्थानले भने आइपिएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।
आज दुवै टिमका लागि यस सिजनको उपाधि जित्ने बाटो तय गर्ने अवसर रहेको छ । आज जित्ने टिमले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ भने पराजित हुने टिम आइपिएलबाट बाहिरिने छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

