सधै हाम्रो देश किन समस्यामा गुज्रिरहेको छ , यो सत्यता कहिले सम्म गुपचुप रहन्छ ?
रोशन पोखरेल, राैतहट
मधेश बन्द रहेको करिब ६ महिना हुन थालीसकेको छ तर पनि निकाशको बाटो भेटिएको छैन। मधेशमा जारी आन्दोलनले मधेशको अर्थ के हुन्छ भन्ने कुरा हामी आम नेपालीलाई सोच्न बाध्य तुल्याएको छ। आम अर्थमा मधेश भन्नाले समतल भूभागलाई जनाउँछ तर जारी आन्दोलनले मधेश भन्नाले मधेशी समुदायको बासस्थानको रूपमा चित्रण गर्न थालेको छ जुन गलत कुरा हो। हिमाल, पहाड, तराई कोही छैन पराही भनेर अगाडी बढनु पर्ने आजको स्थितीमा आफ्नो स्वार्थ पूर्तीका निम्ती साम्प्रादायीक दोन्द चर्काउने प्रयत्न हाम्रो समाजमा किन भइरहेको छ? हावा पानी विना जिवनको कल्पना गर्न सकिन्न तर किन हामी नेपाली नेपाली बीचमा रहेको आत्मीय सम्बन्धमा खोट हार्ने काम भइरहेको छ? देश सङ्क्रमन कालमा रहेको भन्दै नेताहरू पन्छिने गर्थे तर आज नँया संविधान घोषणा भए पश्चात पनि किन आम नेपाली जनताले लोकतन्त्रको अनुभव गर्न सकिरहेका छैनन्? नेताहरू सरकारी ढुकुटीमा रहेको रकम तुहाइ रहेका छन भन आम जनता दुख कष्ट सहन बाध्य बनेका छन। घरघरमा विधुतिय उपकरण जडान गरिएको छ तर कुन बेला विजुली आउँछ थाहा पाउन सकिन्न। दश महिनाको अवधी पूरा हुदा समेत किन भुकम्पले भत्किएका सम्रचनाको पूर्णनिर्माण हुन सकिरहेको छैन?
जाडोले कठ्याङ्ग्रियर आम नागरिकले प्राण त्याग्दा समेत किन सरकारको ध्यान जान सकेको छैन? भुकम्प पिडीतका नाममा आएको सहयोग एकातिर थन्कीरहेको छ भने अर्को तिर भुकम्प पिडीत सामाग्रीको अभावमा प्राण त्याग्न वाध्य बनेका छन तर पनि किन सरकारले सहयोगार्थ आएका सामाग्री व्यवस्थीत रूपमा वितरण गर्न सकिरहेको छैन। हाल सरकारी छेत्रमा प्रवेश गर्न पहुचको आवश्कता रहन्छ भन्ने कुरा हाम्रो समाजमा सुन्न थालीएको छ, के पहुचका कारण अयोग्य व्यक्ती उक्त स्थानमा आसीन रहदा यस्तो समस्या देखा परेको त होइन। हाम्रो देशमा परिवर्तनका नाममा धेरै आन्दोलन भए भने धेरै सहिद बने तर पनि किन समस्या समाधान हुनु पर्नेमा थुप्रो लागी रहेको छ? यस बारे सम्बन्धीत निकायको ध्यान जानु अति आवश्यक रहन्छ भने सम्पूर्ण नेपाली एकजुत भई देश विकाशका निम्ती अघि बढनुको विकल्प छैन।
सम्बन्धित समाचार
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
