Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, १७
क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्विकार गरेको छ। परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएको छ । सरकार र आइसीसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी दूतावासले भिसा दिन असमर्थता जनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसिसी पुरुष टी-२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदासमेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ सचिव खड्काले विज्ञप्तिमा भनेका छन् ।

यसअघि गत गत जेठ ९ गते पनि अन्तर्वार्तामा गएका सन्दीप लामिछानेलाई दूतावासले भिसा दिन अस्विकार गरेको थियो। लामिछानेलाई हालै उच्च अदालत पाटनले बलात्कार अभियोगबाट सफाइ दिएको थियो ।

Top Changing Nepal

युट्युब सट्स