इक्यान अध्यक्षमा पाण्डे निर्वाचित
जानकारी केन्द्र
२०७२, फाल्गुन, १६
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी सरोजकुमार बस्नेतलाई २८ मतले पराजित गर्दै पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
खसेको कुल २ सय ५६ मतमध्ये पाण्डेले १ सय ४२ मत प्राप्त गर्दा बस्नेतले १ सय १४ मत पाए ।
यस्तै उपध्यक्षमा बस्नेत प्यानलका राजेन्द्र रिजाल, सोही प्यानलका निरज सिटौला र पाण्डे प्यानलका विष्णुहरि पाण्डे चुनिए ।
जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्छु:पाण्डे
इक्यानको अध्यक्षमा निर्वाचित भएपछि पाण्डेले आफ्नो जितले शैक्षिक परामर्श व्यवसायमा नयाँ बिहानी ल्याएको बताएका छन् । मिश्रित मत परिणामले सबै मिलेर जानुपर्छ भन्ने सन्देश दिएको भन्दै उनले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

