आज महाशिवरात्री, पशुपति लगायतका शिवालयमा यस्तो राैनक
हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाईदै छ ।
विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा रहेको हो ।
मध्यरातमा चतुर्दशीपरेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ ।
भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ ।
शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्करलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन द्वादश ज्योतिर्लिङ्गको पनि शीर मानिने पशुपतिनाथमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यसदिन विश्वभरका हिन्दू धर्मावलम्बी पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्छन् ।
यस अवसरमा आज मुलुकभर रहेका शिवालयहरुमा भक्तजनहरु पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्दैछन् । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिएको हो ।
शिवरात्रिको विकृतिस्वरुप गाँजा, भाङजस्ता नशालु पदार्थ सेवन गर्ने परम्परा समाजमा बढेको छ । यस वर्ष पशुपति क्षेत्रमा गाँजा निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिमा साधु तथा नागा बाबाहरुको उल्लेख्य उपस्थिति रहेको छ । पशुपति क्षेत्र विकास कोषले साधु सन्त तथा नागा बाबाहरुका लागि विशेष व्यवस्था गरेको छ भने सर्वसाधारण दर्शनार्थीहरुको सुविधा तथा सुरक्षाका लागि पनि व्यवस्था मिलाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

