५ लाख १३ हजार भारतीय रुपैयाँ सहित पक्राउ
अवैध रुपमा ल्याएको ५ लाख १३ हजार भारतीय रुपैयाँ सहित फुलगामा–८ हंसपटी टोल वस्ने २४ वर्षीय अजय कुमार महतो र २३ बर्षीय सुरेन्द्र कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–१२ स्थित एयरपोर्ट जाने चोकमा शंकास्पद अवस्थामा रहेका उनीहरुलाई शनिबार प्रहरीले चेकजाँच गर्दा अजय कुमार महतोले पछाडी पिठयूमा भिरेको झोला भित्र अबैध रुपमा लिई आएको बिभिन्न दरको उक्त भारतीय नोटहरु बरामद भएको थियो । प्रहरीले उनको साथबाट नेपाल एसबिआई बैंक लिमिटेडको १ थान एटिएम कार्ड , मेगा बैंक नेपाल लिमिटेडको २ थान एटीएम कार्ड , नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको २ थान एटीएम कार्ड र एभरेष्ट बैंक लिमिटेडको ४ थान एटीएम कार्ड समेत बरामद गरेको नेपाल प्रहरीले जानकारी केन्द्र बताएको छ ।
उनीहरु दुबै जनालाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग,हरिहरभवन ललितपुरमा पठाएको पनि प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

