जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी, १ को अवस्था गम्भीर
काठमाडौं । जंगली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी परेका छन् । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । बुधबार साँझको खानामा जंगली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका ६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका ७ जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन्। त्यसैगरी बुद्धिबहादुरका दाजु बुद्ध स्याङ्तानकी १९ वर्षकी छोरी लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान पनि च्याउको तरकारी खाएर बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुद्धि बहादुरका छोरा लासाङको अवस्था भने गम्भीर छ । बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ ।
यस्तै अन्य बिरामीको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय मकवानपुरमा जंगली च्याउ खाँदा बिरामी हुनेको संख्या बढेको छ । बुधबार ७ जना बिरामी थपिएसँगै असार लागेयता मकवानपुरमा च्याउ खाएरै २८ जना बिरामी भएका छन् भने तीन जनाको मृत्यु समेत भइसकेको छ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह