Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

विदेश पठाउने भन्दै ९ लाख ठग्ने लाइ प्रहरीले यसरी समात्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, २९
विदेश पठाउने भन्दै ९ लाख ठग्ने लाइ प्रहरीले यसरी समात्यो

रसिया पठाउछु भनी ९ लाख रुपैयाँ ठगी गर्ने झापा शान्तिनगर–१ बस्ने ३२ बर्षीय शुक बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले सर्लाही घर भई काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर बस्दै आएका दिप लाल महतोलाई फेसबुकबाट दावा ग्याल्बो शेर्पाले परिचय गरी सम्बन्ध बढाई आफु रसियामा भएको र रसिया आउने भए ९ लाख रुपैया लाग्छ राम्रो कमाई हुन्छ भनि विभिन्न प्रलोभन देखाई पटक–पटक गरी ९ लाख रकम ठगी गरेका थिए ।
आइएमईबाट रकम पठाए पछि सम्पर्कमा रहेका दावा ग्याल्बो शेर्पाले फेसबुक बन्द गरी सम्पर्क विहिन भए पश्चात पीडितले आफु ठगीमा परेको थाहा पाई महानगरीय अपराध महाशाखामा आई निवेदन दिएकोमा महाशाखाको पहलमा ठगी कार्यमा संलग्न लिम्बुलाई झापाबाट प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
लिम्बुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँैमा पठाइएको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स