Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

चिकित्सक संघको सरकारलाई ७२ घण्टे अल्टिमेटम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, २९
चिकित्सक संघको सरकारलाई ७२ घण्टे अल्टिमेटम

निजी स्वास्थ्य सस्थालाई रोकेको विद्युत आपूर्ति तत्काल सहज बनाउन माग गर्दै नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
संघले आज पत्रकार सम्मेलन गरेर विगतमा डेडिकेटेड फिडर मार्फत विद्युत आपूर्ति हुदै आएकोमा केही समयदेखि रोक्दा नागरिकको उपचार पाउनु पर्ने संविधान प्रदत्त नागरिक हक कुण्ठित हुन पुगेको भन्दै ७२ घण्टाभित्र पुरानै विधीबाट सञ्चालन नगरे मुलुक भरीका निजी स्वास्थ्य सस्थाहरु बन्द गर्ने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले प्रधानमन्त्रीले तत्काल समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे पनि अहिलेसम्म समाधान नभएको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नभएको बताए । उनले ७२ घण्टाभित्र विकल्प सोच्ने भन्दै यो सरकारकोलागि अन्तिम अल्टिमेटम भएको बताए ।

Top Changing Nepal

युट्युब सट्स