सिजि मोटर्स र एम.ए.डब्लु बृद्धिले संयुत्त रुपमा नेपालमा भित्राउन लागेको अभ्तार ११ कार कस्तो कार हो ? यस्तो छ फिचर
काठमाडौँ । नेपालि बजारमा सिजि मोटर्स र एम.ए.डब्लु वृद्धिले सयुत्त रुपमा अभ्तार ११ इलेक्ट्रिक कार भित्राउन लागेका हुन् । यो कार अन्तराष्ट्रिय बजारमा चार फरक भेरियन्टमा उपलब्ध रहेको छ जस मध्ये २ वटा भेरियन्ट अलह्विल ड्राईभ र अन्य दुईओटा भेरियन्ट रेयरह्विल ड्राईभ रहेका छन् । यि भेरियन्टमा उपलब्ध अभ्तार ११ कारले ५८० किलोमिटर र ६३० किलोमिटरको रेन्ज दिने बताइएको छ ।
यस अभ्तार ११ इलेब्ट्रिक कारको मोटरको कुरा गर्नु पर्दा सिङगल पर्मानेन्ट म्यागनेट सिंक्रोनस मोटर्स साथै डुअल पर्मानेन्ट म्यागनेट सिंक्रोनसमा अगाडि १९५ किलोवाट र पछाडि २३० किलोवाट पाउन सकिन्छ । कारको लम्बाई ४८८० एम.एम,चौडाई १९७० एम.एम र उचाई १६०१ एम.एम डिमेन्सन रहेको छ । यस कारको ह्विलवेस २९७५ एम.एम रहेको छ ।
अभ्तार ११ ईलेक्ट्रिक कारको म्याक्स पावर सिङगल मोटरमा ३१२ पि.एस र डुअल मोटरमा ५७८ पि.एस साथै म्याक्स टर्क सिङगल मोटरमा ३७० एन.एम र डुअल मोटरमा ६५० एन.एम रहेको छ । कारको टप स्पिड प्रति घण्टा २०० किलोमिटर र ९० किलोवाटको टर्नरी लिथियम ब्याट्री उपलब्ध रहेको छ । ब्याट्रिको चार्जिङ टाइमको कुरा गर्दा ७.२ किलोवाटको ए.सि चार्जरबाट ०% देखि ८०% चार्ज हुन १३ घण्टा लाग्नुका साथै डि.सि फास्ट चार्जरबाट ३०% बाट ८० % चार्ज हुन १५ मिनेट लाग्ने छ ।
अभ्तार ११ ईलेक्ट्रिक कारको अगाडि र पछाडिको टायरमा २६५/४५ आर २१ डिस्क ट्युबलेस टायर उपलब्ध रहेको छ । ५ सिटिङ क्यापासिटि रहेको यस कारमा ए.बि.एस, ई.बि.डि,टि.सि.एस, आर. ओ.ए.एम सिस्टम रहेको छ । कारको सस्पेन्सन सेटअप डबल विशबोन र फाएभ– लिङ्क इन्डिपेन्डेन्टका साथै यस अभ्तार ११ ईलेक्ट्रिक कारको जम्मा तौल सिङगल मोटरमा २१६० केजि र डुवल मोटरमा २२८० केजि रहेको कम्पनिको दाबि रहेको छ ।
सम्बन्धित समाचार
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
