Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

ठमेलको एक रेस्टुराँमा गााँजाखेती

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, २१
ठमेलको एक रेस्टुराँमा गााँजाखेती

शनिबार बिहान प्रहरीलाई नौलो सूचना आयो,’ ठमेलको एक रेस्टुराँमा गमलामै गाँजा उमारेर ग्राहकलाई बिक्री गरिन्छ ।’ सूचनापछि महानगरीय प्रहरी वृत्त प्रहरी लैनचौरका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठोर नेतृत्वमा प्रहरी टोली ठमेलस्थित फ्याट क्याट रेस्टुराँमा पुग्दा कर्मचारी गाँजामा पानी हालिरहेका भेटिएको छ ।

टेबुलमा १० जना युवा गाँजा तान्न व्यस्त थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि रेस्टुराँका म्यानेजर छ्याङ गुरुङ पक्राउ परेका छन् । सञ्चालक मुखिया घले फरार छन् ।

डीएसपी राठोरले भने, ‘राष्टुराँले गमलामा गाँजा उमारेर दुव्यर्सनीलाई धमाधम गाँजा बिक्री गर्दै आएको पाइयो अनुसन्धानका लागि म्यानेजर छ्याङ गुरुङलाई पक्राउ गरिएको छ ।

ठमेलबाटै गुडियाभित्र चरेश राखेर कुरियरमामार्फत नेदरल्याण्ड्स पठाउन लागेको घटना प्रहरीले पर्दाफस गरेको थियो । अन्नपूर्णपोष्टबाट

Top Changing Nepal

युट्युब सट्स