ज्यान सम्बन्धी मुद्दाका फरार अभियुक्त २९ वर्ष पछि पक्राउ
जानकारी केन्द्र
२०७२, चैत्र, २४
विगत २९ बर्षदेखि ज्यान सम्बन्धी मुद्दाका फरार अभियुक्त भद्रबास गाबिस–८ बस्ने ६५ वर्षीय बिष्णुबहादुर थापालाई सोही ठाउँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।
थापासँग भएको ज्यान सम्बन्धी मुद्दामा पुनरावेदन अदालत पाटनको २०५० बैशाख २७ गतेको फैसलाले थापालाई २ बर्ष २ महिना १२ दिन कैद र ५ सय ५० रुपैयाँ जरीवाना भएको थियो । ज्यान सम्बन्धी घटना भएको मिति २०४३ भदौ १२ गते देखि थापा फरार रहेका थिए ।
थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुनधारा पठाइएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

