• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ६ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २१ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २१ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २३ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २४ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

नाै दिन सम्म विना अक्सिजन समाधिमा बसेका बाबा

admin २०७३, बैशाख, ३

पोखराको रामघाटमा माटोमा पुरिएर भू-समाधीमा बसेका ‘सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज’लाई नवौँ दिनको दिन सकुशल बाहिर निकालिएको छ ।

बाबलाई उनैले समाधीमा बस्नुअघि तोकेको समय अर्थात शुक्रबार बिहान ९ बजेर ३५ मिनेट जाँदा बाहिर निकालिएको हो । उनले समाधी पूरा हुने समयसिमाको २/३ मिनेटमात्रै पनि तलमाथि भए आफूलाई जे पनि हुनसक्ने भन्दै आयोजकलाई पहिले नै सचेत गराएका थिए ।

विनाअक्सिजन एउटा बाकसमा राखेर पुरिएका बाबा ९औं दिनको दिन सकुशल निस्किएपछि पोखराबासी अचम्ममा परेका छन् । उनको दर्शन गर्न र आशिर्वाद लिन अहिले हजारौंको भीड लागेको छ ।

चिकित्सकले सामान्य चेकजाँच गरेपछि उनी होसमा आएका थिए । सहयोगीले उनी सुतेको स्थानबाट उठाए । त्यसपछि दही खुवाइयो । केहीबेरपछि पानी पिए अनि शंख फुके । अनि उनी भक्तजनहरुलाई दर्शन दिन बाहिर निस्किएका थिए ।

विना अक्सिजन ९ दिनसम्म समाधिमा बसेका बाबा जीवितै निस्किएपछि चिकित्सकहरु पनि अचम्ममा परेका छन् । चिकित्सा विज्ञानले विनाअक्सिजन ३ मिनेटभन्दा बढी बाँच्न मानिसलाई निकै कठिन हुने पुष्टि गरिसकेको छ ।

यी बाबाले हरेक वर्ष चैते दसैं तथा बडादसैंमा विशेष समाधि साधना गर्दै आएका छन् । पहिलोपटक उनी २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भू-समाधिमा बसेका थिए । भारतको विभिन्न स्थानमा लामो समय तपस्या गरेपछि उनले निर्वाण प्राप्त गरेको बताइन्छ ।

 

कसरी सम्भव हुनसक्छ यस्तो ?

उनी चैत २६ गते विशेष पूजाआजा गरेपछि हावा नछिर्ने गरी बनाइएको काठको बाकसमा सुतेका थिए । त्यसपछि सो बाकसलाई बन्द गरियो । त्यसमा दायाँ-बायाँ ४ वटा ताल्चा लगाइयो । बाकस भित्र सेतो कपडा र बाहिर प्लाष्टिकले राम्रोसँग बेरियो । त्यसपछि बाकसलाई बालुवा मिसिएको माटोले २ फिट जति पुरिएको थियो । त्यसपछि जमरा छरिएको थियो ।

उनी समाधीमा बसेको आश्रमको झ्याल ढोका पनि हावासमेत पस्न नसक्ने गरी बन्द गरिएको थियो । ढोकामा ताल्चा साथै सो कोठा रहेको मूल गेटमा पनि ताल्चा लगाएर साँचोलाई विशेष निगरानीमा राखिएको थियो । त्यहाँको प्रबन्ध हेर्दा कुनै शंका गर्ने ठाउँसमेत नरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

साझा पोष्ट बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.