तराई मधेश आन्दोलनले पहाड र मधेशका समुदाय बिचमा कुनै विभाजन नआएको आन्दोलनमा सहभागी राजनीतिक दलका प्रतिनिधी र पर्साका नागरिकले बताएका छन । गत वर्ष ५ महिना भन्दा लामो आन्दोलनमा विभिन्न पक्षबाट सहभागिता जनाएका राजनीतिक र संस्थाका प्रतिनिधी र बन्द हडतालको मारमा परेका सर्वसाधारणले आन्दोलनले पहाड र तराई मधेशका बिच उत्पन्न असमझदारी हटेको बताएका हुन ।
राष्ट्रिय एकता र सामुहिक विकासमा आफुहरु प्रतिवद्ध रहेको बताउदै सहभागिले देशका समुदायको एकताका लागि सांस्कृतिक, आर्थिक र सामाजिक उपलब्धी र बिशेषता साटासाट गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रमले तराई मधेशबाट विद्र्यार्थीलाई पहाड र हिमालमा र हिमाल र पहाडका बिद्र्यार्थीलाई तराई मधेशमा अध्ययनका लागि पठाउने योजनाका बिषयमा प्रकृया थालनी गर्ने निर्णय गरेको छ ।
नेपालको शान्ति प्रकृयामा सुरुवातबाटै सक्रिय द्धन्द समाधान विज्ञ जोन बि क्रक विश्व बिद्यालयका निर्देशक डाक्टर डि एकर र कार्यक्रम अधिकृत डानियल ओर्थले सहभागीको मनोविज्ञान र आन्दोलनको दिर्घकालिन असरका बिषयमा ब्यवहारिक ज्ञानको जानकारी गराएका थिए । तराई मधेश आन्दोलन पछिको आर्थिक अवस्था, सामाजिक र भौगोलिक सदभाव र सम्भावित चलखेलका बिषयमा छलफल भएको हो ।
कार्यक्रमका सहभागीले आन्दोलनमा भुगोलको मात्र नभई ब्यक्ति ब्यक्तिलाई दैनिकीमा पर्ने समस्या सम्बोधन संविधानबाटै हुनुपर्ने मागका लागि आन्दोलन भएको बताएको थिए । उनीहरुले राज्यको समान ब्यवहार र साधनस्रोतमा समान अधिकारको सुनिश्चतताका लागि समेत आन्दोलन भएको बताएका थिए ।
डाक्टर एकरले आन्दोलनका अवधिमा भएका घटनाको दिर्घकालिन मानसिक असर समेत रहने भएकाले आन्दोलनपछिको आर्थिक र सामाजिक समिक्षा अनिबार्य भएको बताईन । उनका अनुसार आन्दोलनमा ज्यान गुमाएको परिवार, आश्रित परिवार र अल्पकालिन पीडित भएको भुगोलका बासिन्दाका बिषयमा राज्यले यथोचित कदम समयमै चाल्न जरुरी हुन्छ ।
सानो पाइलाका संस्थापक कञ्चन झाले पाँच महिना लामो आन्दोलनको समिक्षा र सहभागीको निश्कर्षका बिषयमा सर्वसाधारणसँग नै छलफल .गर्न आवश्यक देखेर कार्यक्रम तयार भएको बताए । उनले कार्यक्रममा दुबै समुहलाई एकै समुहमा राखेर समिक्षा र अगाडीको बाटोका बिषयमा निर्णय गर्ने अधिकार दिईएको थियो । “शान्ति र अहिंसाको बाटोबाट कसैको मानवअधिकार हनन नगरी आफ्ना माग सम्बोधन गराउन सक्ने मार्गहरु छन, हामी सहभागीबाटै त्यो बाटो पहिचान गर्न तत्पर छौ,” झाले भने ।
२०७२ सालको मधेस संघर्षको कारण त्यसबाट खोजिएका लक्ष्य, र हालसम्मका उपलब्धि देखि यस संघर्षको रणनीति सफल वा असफल तथा आगामी अवसरहरुको बारेमा छलफल गर्न कार्यक्रम आयोजना भएको सञ्चार प्रमुख सुविर घोषले बताए । उनले गौर र जनकपुरमा समेत यस्तै कार्यक्रमको आयोजना हुनेछ ।तराई मधेशका तीन जिल्ला सदरमुकामका कार्यक्रम पछि देशको एकता, राष्ट्रियता र समुदायको भावनाका बिषयमा सचेत र सजग रहेर घोषण पत्र जारी हुने बताए ।
समुदायको विकासमा सकृय संस्था सानो पाइलाले पहिलो श्रृखला अन्र्तगत बुधबार पर्साका आन्दोलनमा सहभागी प्रतिनिधी र सर्वसाधारणलाई एकैठाँउमा राखेर आन्दोलनले सिकाएको पाठ र पत्ता लागेका नयाँ मार्गका बिषयमा सामुहिक बहस र कार्यशाला आयोजना गरेको हो ।