जताततै नक्कलीकै लर्को, डाक्टरदेखि इन्जिनियर र पाइलटसम्म
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २४ माघ २०७२ मा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा काम गरिरहेका १२ जना डाक्टर पक्राउ गर्यो । त्यसको तीन महिनापछि महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने गिरोहसहित १० इन्जिनियरलाई नियन्त्रणमा लियो ।
केही समय नबित्दै सीआइबीले बुधवार नक्कली प्रमाणधारी एक पाइलटलाई पक्राउ गरेको छ ।
सीआईबीले विशेष सूचनाको आधारमा नक्कल प्रमाणपत्र पेस गरी हवाई उड्डयनमा काम गरीरहेका पाइलटको खोजी कार्य अघि बढाएको थियो । नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा सीआईबीले करिब ७० पाइलटको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गरिरहँदा नक्कली प्रमाणित भएको एकजना पाइलटलाई बुधवार सार्वजनिक गरेको हो ।
स्वास्थ्य, हवाई उड्डयन र निर्माण यातायातजस्तो सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमै कत्तिसम्म खेलाँची हुँदो रहेछ भन्ने नमुना हुन् उल्लिखित घटनाहरु । यसअघि सवारी चालक अनुमतिपत्र लाइसेन्सदेखि सरकारी छाप तथा लेटरप्याड किर्ते गर्नेहरुलाई मात्र प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

