भिजीट भिषामा दुबई जान लागेका महिला पक्राउ
जानकारी केन्द्र
२०७३, बैशाख, २९
एयर अरेवियाबाट सारजा हुँदै दुवई जान लागेका संखुवासभा स्याबुन–१ घर भएकी राहदानी नम्बर ०७०२९७२७ बाहक २७ वर्षीया मुना वि.क र महोत्तरी माईस्थान–३ घर भएकी राहदानी नम्बर ०५५९७००३ बाहक ३३ वर्षीया उर्मिला श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरबाट सोमबार पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण भ्रमणमा रहनुभएका माननीय श्रममन्त्री दिपक वोहोरा र महानगरीय अपराध महाशाखा टेकुका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको टोलीले भिजिट भिसामा सारजा हुँदै दुवई जान लागेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ।
यस सम्बन्धमा उक्त महाशाखाबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

