महोत्तरीमा कहालीलाग्दो महिला हिँसा, अभियानहरु अप्रभावकारी
महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ । जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले हिंसा न्यूनीकरणको लागि आफ्-आफ्ना नारा वनाएर अभियान चलाए तर जिल्लागत तथ्यांकहरु हेर्दा महिलामाथी हुने हिंसामा थप वृद्धि हुँदै गएको देखिएको छ ।
यस्तै भयावह अवस्था वनेको छ महोत्तरी । जिल्लाको अघिल्लो बर्षहरुको तुलनामा वढदै गईरहेको घरेलु हिंसा, सामाजिक हिंसा, वलत्कार प्रयासका घटना र आत्महत्याको दरले स्थानिय तहहरुले अहिले चलाएको महिला अभियानमाथी थुप्रै प्रश्नहरु उठेका छन । आर्थिक बर्ष २०७८/७९, २०८०/८१ र २०८१/८२ को तथ्यांकअनुसार बार्षिक १० देखि २० प्रतिशतले महिला हिंसाका घटनाहरु बढेका छन ।
जिल्ला प्रहरी कार्यालयको महिला सेलले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक बर्ष २०८१/८२ मा अहिलेसम्म नै २८४ वटा घरेलु हिंसाका उजुरी परेका छन । महिला जागरण तथा हिंसा न्यूनीकरणको लागि स्थानिय सरकारहरुले चलाएका सवै प्रकारका अभियान अप्रभावकारी वनिरहेको छ भन्ने अघिल्ला आर्थिक बर्षहरुका संख्यालाई हेर्दा मात्र पनि प्रमाणित हुन्छ ।
आर्थिक बर्ष २०७८/७९ को तथ्यांकलाई हेर्ने हो भने बाहिर आएका महिला हिंसाका घटनाहरु ५०२ वटा छन । २०७९/८० मा यो संख्या बढेर ५६६ पुगेको छ भने २०८०/८१ मा अझ यो संख्या वढेर ६९४ पुगेको छ । आर्थिक बर्ष २०८१/२०८२ सकिन ८ महिना वाकी रहदा नै घरेलु हिंसाका २५९ वटा उजुरी परिसकेका छन । आर्थिक बर्षको अन्त्यसम्म अहिलेसम्म कै सवैभन्दा बढी रेकर्ड वन्न सक्ने प्रहरीको अनुमान छ ।
त्यस्तै महिला सम्बन्धी सामाजिक हिंसाकाका ठाडो उजुरीलाई आकलन गर्दा स्थिति निक्कै भयावह छ । आर्थिक बर्ष २०७८/७९ देखि चालु २०८१/८२ सम्म १३०७ वटा त सामाजिक हिंसाका उजुरी परेका छन यसमध्ये कतिपय अझै फर्स्यौट गर्न वाकी देखिएको छ ।
यो चालू आर्थिक बर्षमा परेका १७४ वटा उजुरी मध्ये ७६ वटा मात्र फर्स्यौट भएका छन भने ९८ वटा वाकी छन । पुरातन संस्कार र अन्धविश्वासका कारण पनि जिल्लामा महिला वालवालिकाहरुमा वेवास्ता हुने गरेको देखिएको छ । हराएका वालिकाहरुको खोजी नगर्ने र कतिपय घरमा हुने विभेदले घर नै छाडनुपरेको तथ्यांकले देखाउछ ।
पछिल्लो ३ बर्षको अवधीमा अहिलेसम्म जिल्लामा ४३३ जना वालिकाहरु वेपत्ता भएका छन जस्को मुख्य कारक घरेलु विभेद र अत्याचार भएको जानकारहरु वताउछन । त्यसमध्ये २४२ जना मात्र भेटिएका छन भने वाकी अझै वेपत्ता अवस्थामा छन । यसरी वेपत्ता वन्नेको संख्या हरेक बर्ष बढदै गएको देखिन्छ । चालू आर्थिक बर्षको यो अवधीसम्म आईपुग्दा २० जना वालिका र ८ जना महिला वेपत्ता वनिसकेका छन ।
२०८० सालदेखी २०८२ सम्म महिलाहरुको आत्महत्या दर समेत निक्कै काहालीलाग्दो छ । समाजसास्त्रीहरुको अनुसार घरेलु तथा सामाजिक हिंसाका कारण होस या छोरीहरुमा हुने विभेदका कारण होस मानसिक रोग सिकार भएपछी आत्महत्याको वाटो रोज्ने गर्दछन ।
महोत्तरीमा महिला आत्महत्याका संख्या हेर्दा पछिल्लो समय यस्तै अवस्था देखिएको छ । पुरुषको तुलनामा महिलाहरुले गर्ने कतिपय आत्महत्या मानसिकरुपमा समस्या भएतापनी धेरैजसो दुरुत्साहन नै भएको स्थानियहरु वताउछन ।
पछिल्लो असार देखि कात्तिकसम्म मात्र ४३ जनाले आत्महत्या गरेका छन । जसमध्ये २१ जना महिला छन । त्यस्तै आर्थिक बर्ष २०८०/८१ मा पनि आत्महत्या गर्ने महिलाहरु संख्या उच्च छ । जम्मा १३२ जनाको आत्महत्यामा ६० जना महिलाहरुले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।
डोमिनिकल गणतन्त्रका ३ दीदीबहिनी पेट्रीया, मिनर्भा र मारियालाई महिला जागरण र हिंसाविरुद्धको आवाज उठाउदा तत्कालिन त्रुजिलो सरकारले निर्ममतापुर्वक मारेको दिनकोरुपमा महिला हिंसा मनाईदै आएको छ तर मनाउने तर समस्या पहिचान गर्न नसक्दा थप समस्याहरु वढदै गएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
