दाइजोका कारण बिवाहनै क्यान्सिल गर्ने लाइ प्रहरीले यसरी समात्यो
जानकारी केन्द्र
२०७३, जेष्ठ, ६
दाइजोको कारण विवाह इन्कार गर्ने महुबन गाविस–३ बस्ने ४५ वर्षीय गणेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
साहका छोरा २३ वर्षीय गौरीशंकर साह र पर्सा लखनपुर गाविस–४ बस्ने १९ वर्षीया युवतीबीच सामाजिक परम्परा अनुसार गत बैशाख १७ गते बिबाह हुने भनी केटा तथा केटी पक्षको सहमतिमा मिति घोषित भएको थियो । केटा पक्षका दुलाहाका बावु साहले दाइजो कम भएको भनी पूर्व घोषित मितिमा विबाह ईन्कार गरी बिबाहको जन्ती नल्याएको भन्ने सूचनाको आधारमा खटि गएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साहलाई सामाजिक ब्यबहार (सुधार) ऐन २०३३ बमोजिम कारबाही भइरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
साथै हाल भागी फरार रहेका उनका छोरा गौरीशंकर साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

