जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री, भइरहेछ संसारभर चर्चा
टोकियो । टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ। वर्षौंदेखि जापानमा लोकप्रियता हासिल गरेको नयाँ वर्षको परम्परामा सुशी चेनले २०७ मिलियनमा सो माछा खरिद गरेको हो। जसको चर्चा अझै बढीरहेको छ। माछा लगभग एक मोटरसाइकलको आकार अर्थात् २७६ किलोग्रामको थियो।
यो लगातार पाँचौं वर्ष हो कि एउटै बोलीदाताले उच्चतम् बोली लगाएर यति महंगाेमा टुना माछा खरिद गरे। जुन घटनाले जापानदेखि विश्वभरिका मिडियाको ध्यान खिचिरहेको छ। ‘पहिलो टुना राम्रो भाग्य ल्याउने प्रतीक हो,’ ओनोडेराका एक अधिकारी शिन्जी नागाओले लिलामीपछि पत्रकारहरूलाई भने, ‘हाम्रो आशा छ कि मानिसहरूले यसको आनन्द लिनेछन् र नयाँ वर्षभरि मज्जा लिनेछन्।’
गत वर्ष ओनोडेरा समूहले यस्तै टुनाका लागि ११४ मिलियन येन खर्च गरेको थियो। समाचार अनुसार ओनोडेरा समूहले सो टुनालाई जापानभरका मिशेलिन तारांकित गिन्जा ओनोडेरा रेस्टुरेन्ट र नाडामन रेस्टुरेन्टबाट पकवानको रूपमा वितरण गरिने छ।
यो कीर्तिमान बोली जापानभर सुशी जान्माई रेष्टुरेन्ट चेन चलाउने ‘टुना किङ’ भनेर चिनिने कियोशी किमुराले लगाएका हुन्। यसअघि उनले २०१९ मा एक २७८ किलोग्राम ब्लूफिन टुनाका लागि सबैभन्दा उच्च लिलामी मूल्य ११४ मिलियन येनमा खरिद गरेका थिए।

सम्बन्धित समाचार
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
जलवायु परिवर्तनले चीनको पर्यटक बुकिङ २७५ प्रतिशतले वृद्धि,
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
