भारतीय कमेडियन कपिल शर्मालाइ ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता
मुम्बइ । भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर आएको छ । खासमा अहिले उनलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । कपिल शर्मा मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि ज्यान मार्ने धम्की आएको छ ।
यो अचम्मको घटना सार्वजनिक भएपछि मुम्बईको अम्बोली पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ । चाखलाग्दो कुरा के छ भने कपिल अघि अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र कमेडियन सुगन्धा मिश्रालाई पनि यस्तो धम्कीपूर्ण इमेल आएको थियो ।
धम्की दिने इमेल पठाउनेले कपिल शर्मा र उनका आफन्त, परिवारका सदस्य, चिनजान, सहकर्मी, छिमेकीलगायत सबैलाई मार्ने धम्की दिएको छ । यस सम्बन्धमा मुम्बईको अम्बोली पुलिसले धारा ३५१ (३) अन्तर्गत मुद्दा दर्ता गरेको छ।
मुद्दा दर्ता भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । यद्यपी कपिल वा उनको परिवारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कपिललाई धम्की आएको इमेलको आईपी ठेगाना पाकिस्तानको भएको पनि जानकारी आएको छ ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

